Logo

वम दिदी बहिनीको घर नै यौन धन्धाको गोप्य अखडा हुन सक्छ -बलराम तिमील्सिना


बलराम तिमील्सिना

काठमाण्डौ- वम दिदी बहिनीको एकान्तमा रहेको भनिएको घर नै यौन धन्धाको गोप्य अखडा हुनु पर्छ । वम दिदी बहिनीहरू आफै पनि यौनकर्मी र धनीमानी, शासक प्रशासकहरूलाई गाउँ गाउँबाट ग्राहकले मागे अनुसारका केटी मान्छेहरू उपलव्ध गराउँने विचौलिया हुन सक्ने बढी संभावना छ । पटक पटक वम दिदी बहिनीको घरमा आउजाऊ गर्ने निर्मलालाई यो कुरा पहिले पनि थाहा हुनु पर्छ र निर्मलाको परिवारको गरीवीको फाइदा उठाएर निर्मलालाई त्यसअघि नै यौन कर्ममा सामेल गरिएको हुनु पर्छ र त्यो वारेमा निर्मलाको परिवारलाई पनि कुनै न कुनै सुइँको हुनु पर्छ । निर्मलाकी आमालाई घरभित्र पस्न नदिनु , अम्वाको बोट ढालिनु र घरमा रंगरोगन गरिनुले निर्मलाको हत्या वम दिदी बहिनीकै घरमा भएको र मध्य रातमा लगेर उखु घारीमा फालेको हुनु पर्छ ।

निर्मलाको लास भिजेको र किताव ओभानु हुनुले घरमै किताव छुटेकोले विहान ल्याएर फालेको हुनु पर्छ । निर्मलाको लास भेटिएपछि प्रहरीले प्रमाण संकलन भन्दा मेट्न थाल्नुले बलात्कारी र हत्यारा प्रहरीको उच्च पदस्थ मान्छे हुनु पर्छ र त्यो एस पी नै या उसको छोरा हुनु पर्छ । साथमा अन्य हाकिमहरूको पनि त्यो यौन अड्डा हुनु पर्छ । यो कुरा सरकारलाई थाहा भएर पनि सिङ्गो प्रहरी संगठन र राज्य प्रति जनविश्वास गुम्ने र विद्रोह हुन सक्ने डरले राज्यले अपराधीको बचाऊ गरेको हुनु पर्छ । दिमागी सन्तुलन ठीक नभएको मान्छेलाई अपराध स्विकार गराउँन बल गर्नु र अन्य निर्दोष मानिसहरूलाई फसाउन खोज्नुले स्थानीय प्रहरी तथा प्रशासन आफै अपराधको अड्डा भएको प्रतीत हुन्छ ।

त्यो दिन धेरै जनाको यौन आक्रमण झेल्न नसकेर या गोपनीयता खुल्न सक्ने कुनै कारणले उनको सुनियोजित हत्या भएको हुन सक्छ । एस पीको छोराले मोडल बनाइदिन्छु भनेर होटलमा यसअघि नै निर्मलालाई लैजाने गरेको भन्ने जुन कुराहरू बाहिर आइरहेका छन ती झन रहस्यमय छन। निलम्वित एस पीलाई पाता कसेर गोद्ने हो भने एक दिनमै वलात्कारी पत्ता लाग्छ । वम दिदी बहिनीहरू पनि हत्याका साँक्षी हुन । बास्तविक हत्यारालाई बचाउँन र नक्कली वलात्कारी खडा गर्न प्रहरी प्रशासनले जुन गतिविधी गर्यो र राज्य अहिलेसम्म जसरी ख्यालठट्टा सोचेर बसेको छ यसबाट के बुझिन्छ भने राज्य उत्पीडकहरूको हो। उत्पीडितहरूले यो राज्यबाट न्याय पाउनु भनेको संयोग मात्र हो ।

राज्यले एक दुई जनालाई उल्लू बनाउन सक्छ तर सिङ्गो समाजलाई सक्दैन । एक दुई दिन अपराधको ढाकछोप गर्न सकिन्छ तर सँधै सकिदैन । राज्यको छानविनले जो सुकैलाई अपराधी भनेर खडा गरोस जनताले प्रष्ट बुझिसके कि निर्मला पन्तका वलत्कारी तथा हत्यारा सामान्य मानिस होइनन्। वरु ती त शान्ति सुरक्षाको ठेक्का लिएका ठूला ठूला हाकिमहरू हुन । जुन दिन राज्यको बागडोर जनताले समाउलान त्यो दिन हजारौं वारदातका लुकेर बसेका लाखौं अपराधीहरूलाई जनताको अदालतले आफै उपयुक्त कार्यवाही गर्ने छ ।

बलराम तिमील्सिनाको  फेसबुक स्टाटस बाट लिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्