Logo

OMG…आफ्नै बुहारीलाई लाजमर्दो हर्कत गर्ने पूर्व डिएसपी कृष्ण खड्का पक्राउ


काठमाडौं –नेपाल प्रहरीबाट अवकासप्राप्त पूर्व प्रहरी नायव उपरीक्षक (डिएसपी) कृष्ण खड्का पक्राउ परेका छन् । खड्कालाई साईबर अपराध सम्बन्धी मुद्धामा नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धिरजप्रताप सिंहले  जानकारी दिए ।

खड्काले चलाउँदै आएको फेसबुक आईडीबाट आफ्नै बुहारीलाई अश्लिल गालीगलौज गरेको म्यासेज पठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । खड्काकी भाईबुहारी सुमन खड्काले दिएको साईबर अपराध विरुद्धको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएको एसएसपी सिंहले बताएका छन् ।

नेपालगञ्ज स्थायी घर भएका पूर्व डिएसपी खड्का र उनको भाई–बुहारीको बीचमा विगत पाँच बर्षदेखि अंश मुद्धा चलिरहेको छ । खड्कालाई नेपालगञ्जबाट आईतबार नियन्त्रणमा लिएर काठमाडौं ल्याएको बताइएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्