Logo

सर्वमान्य हुने गरी राजधानीको विषय टुंगो लाग्छ : मुख्यमन्त्री राई


देश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले राजधानीको विषयलाई चाँडै ‘टुंगो लाग्ने दोहोर्याउनु भएको छ । सुनसरीको इटहरीमा खुलेको इटहरी सेन्ट्रल प्लाजाको उद्घाटनमा बोल्दै मुख्यमन्त्री राईले विराटनगर, इटहरी, धरान र धनकुटा सबैलाई सर्वमान्य हुने गरी राजधानीको विषयलाई चाँडै टुंगो लगाउने बताउनुभयो ।

इटहरी मात्र होइन धरान, धनकुटा र विराटनगर सबैलाई चित्त बुझ्ने गरी राजधानीको विषय टुङ्गिन्छ’, राईले भन्नुभयो, ‘राजधानी बन्न माग गरिरहेका क्षेत्रका सांसदहरूसँग छलफल गरेर चाँडै नै सर्वसम्मत समझदारीमा आउँछौँ ।’राजधानी र नामजस्ता सवाललाई चाँडै टुङ्ग्याएर समृद्धिको दिशामा अघि बढ्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्