नशालु पदार्थ खुवाएर जवरजस्ती बलात्कार गर्दैगर्दा रङ्गेहात पक्राउ
लुम्बिनी / बिस्कुटमा नषालु पदार्थ खुवाई एक बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा रुपन्देहीमा प्रहरीले एक युवकमाथि जर्बजस्ती करणीबिरुद्ध मुद्दा दायर गरेको छ । रुपन्देही गैडहवा बइरिहवास्थित २० वर्षीय जलालुद्दीन मुसलमानलाई १५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा रुपन्देही जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दायर गरिएको हो ।
मुसलमानले ती बालिकालाई नषालु पदार्थ खुवाई घरबाट बाहिर एकान्त ठाउँमा लागेर बलात्कार गरिरहेको बेला पीडितका आफन्तले फेला पारेका थिए । बलात्कार गरिरहेका बेला रंगेहात भेटिएपछि परिवारले प्रहरीलाई खबर गरिएको र आरोपित मुसलमानलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।
१५ बर्षीया बालिकालाई नषालु पदार्थ खुवाई दिनदहाडै फिल्मी शैलीमा भएको अमानवीय बलात्कारको घटनाले लुम्बिनी क्षेत्रमा सनसनी फैलिएको छ । यसअघि पनि प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका सुजानडिहवा निवासी २० वर्षीय फिरोज मुसलमानलाई एक दलित बालिका होटेलमा लगि बलात्कार गरेपश्चात मोबाईलमा खिचेको नग्न तस्बीर फेसबुकमा शेयर गर्ने धम्की दिएको आरोपमा जबर्जस्ती करणीमा मुद्दा चलाएको थियो ।