शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई कहिले नछोड्नुस् !
शरिरको यी ६ अंग ठूला हुने महिलाहरुलाई कहिले नछोड्नुस् ! हिन्दू शास्त्रअनुसार महिलाहरुलाई देवीहरूको दर्जा दिईने गर्छ । लक्ष्मी, दुर्गा, वा सरस्वतीका रूपमा पुज्ने र ढोग अनि आदर गर्ने चलन त छँदैछ । महिलाहरु खुशी र सुखी भएको घरमा सधै लक्ष्मीको बास हुने भएकाले पनि उनीहरुलाई विशेष गरी गृहलक्ष्मीको दर्जा दिने गरिएको हो।
कुनै घरमा महिलाहरुलाई अपमान गर्ने वा नराम्रो व्यबहार गर्ने गरिएमा लक्ष्मीको श्राप मिल्ने र दुख कष्टको साथै आर्थिक संकटले घेर्ने गर्छ। यस कारण पनि हिन्दु धर्ममा महिलाहरूको स्थान माथी रहेको छ । ज्योतिष शास्त्रको अनुसार महिलाको शरीरको कुनै पनि भाग ठूलो छ भने त्यसले धेरै कुरा संकेत गरिरहेको हुन्छ। आज हामी तपाईहरुलाई कुन-कुन अंग ठूलो भएका महिलाहरु भाग्यमानी हुन्छन भन्ने विषयमा जानकारी गराउन जाँदै छौँ।
१. हात :शरिरको दुईवटै हात लामो भएका महिलाहरुलाई जीवनमा ठूलो यश आराम मिल्नुको साथै असल जीवनसाथी मिल्ने गर्छ। २. कपाल :ज्योतिष शास्त्रका अनुसार लामो कपाल भएका महिलाहरुले जीवनमा ठूलो सफलता हँसिल गर्ने र परिवारलाई सुखी र खुशी राख्न सक्छन। ३. कान :शरिरका दुई वटै कान ठूलो भएका महिलाहरु लामो आयुको हुने र निकै भाग्यमानी हुने गर्छन। ४. घाँटी :शास्त्रका अनुसार लामो घाँटी भएका महिलाहरु मेहेनती र आर्थिक रुपले सम्पन्न हुने गर्छन। यी महिलाहरुलाई समाजमा निकै मान -प्रतिष्ठा समेत पाउने अवसर मिल्ने छ। ५. खुट्टा :ज्योतिष शास्त्रमा उल्लेख गरिए अनुसार लामो खुट्टा भएका महिलाहरु धेरै भाग्यमानी हुने र जीवनमा प्रशस्त धन लाभ गर्न सक्नेछन्। ६. नाईटो :ठूलो वा गहिरो नाईटो भएका महिलाहरुले पनि जीवनमा अत्यधिक धन लाभ गर्ने र जीवनमा ठूलो सफलता हँसिल गर्न सक्छन