Logo

महुरेगढीमा भर्नाका लागि पुनः प्रवेश परीक्षा खुल्यो


खोटाङको महुरेगढी पोलिटेक्निक इन्ष्टिच्युट नुन्थलामा तीन वर्षे प्रमाणपत्र तहमा भर्ना हुन चाहनेका लागि पुनः प्रवेश परीक्षा खुला गरिएको छ ।
केही कोटा रिक्त रहेको भन्दै इन्ष्टिच्युटले पुनः परीक्षा खुल्ला गरेको हो । १० असोजसम्म फर्म बुझाउनेले पुनः परीक्षामा सहभागी हुन पाउने भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सञ्चालित परीक्षामा सम्मिलित भई पास लिष्टमा परेका तर अन्य शिक्षालयमा भर्ना नभएका प्रशिक्षार्थीले पनि शिक्षालयमा भर्ना गर्न सक्ने बताइएको छ । पुनः परीक्षाका लागि १५ सय शुल्क तोकिएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्