Logo

नेकपाका प्रवक्ता प्रकाण्ड आज रिहा हुँदै


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड आज रिहा हुँदैछन् । प्रकाण्डलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पाँचौ पटक परेको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज बहस हुँदैछ । सर्वोच्च अदालतले पटक पटक रिहाईको आदेश दिएपनि सरकारले परिसरबाटै पुनः गिरफ्तार गर्दै आएको थियो । सरकारले वार्ताको लागि गठन गरेको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाबीच भएको छलफलमा पुनः गिरफ्तार नगर्ने सहमति भएको बताइएको छ ।

प्रवक्ता प्रकाण्डको गिरफ्तारीले वार्तामा असहज बनाएको भन्दै वार्ता टोलीले सरकारसँग पुनः गिरफ्तार नगर्न आग्रह समेत गरेको थियो ।
यसैबीच वार्ता टोलीका एक सदस्यले अनलाइन डबलीसँगको कुराकानीमा आज प्रकाण्ड रिहा हुने बताएका छन् । उनले आफूहरुसँग गृहमन्त्री थापाले प्रकाण्डलाई पुनः गिरफ्तार नगर्ने वचन दिएको बताए ।

न्यायलयले समेत राजनीतिक पार्टीको रुपमा व्यख्या गरिसकेको अवस्थामा सरकारले नेकपाले उठाएका मुद्दालाई राजनीतिक रुपमा हल गर्नुपर्ने ती सदस्यले बताए । उनले नेकपाका माग आकाश खसाउने नभएकोले वार्ता र संवाद गर्नुपर्ने धारणा राखे । “सर्वोच्चले रिहाई गर्न आदेश दिएमा आज प्रकाण्ड छुट्नुहुन्छ । हामीलाई सरकारले त्यही भनेको छ” टोली सदस्यले अनलाइन डबलीसँग भने । उनले आफूहरुले रिहाई र पुनः गिरफ्तारीले वार्तामा असहजता ल्याएको बताउँदै रिहाई गर्न सुझाव दिएको समेत बताए

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्