किन किरात प्रदेश ?(पुस्तक चर्चा)
प्रदेश नं. १ को नाम के रहने भन्ने चर्चा र विवाद भैरहेको वेला एउटा पूस्तक प्रकाशन भएको छ । पत्रकार जनक ऋषि राई (चाम्लीङ) द्वारा प्रकाशन गरिएको पुस्तक ‘किन किरात प्रदेश’ अहिले वजारमा आएको छ । यस पूस्तकमा विभिन्न व्यक्ति लेखकहरु तथा किरात राष्ट्रिय मूक्ती मोर्चाको दस्तावेज समेतलाई समेटेको छ ।
यस पुस्तकमा काजीमान कन्दङ्वाको ‘राईहरु कहिलेदेखी लिम्बू भए’, दुर्गाहाङ याखा राईको लेख किरात : अहिन्दु जनजाति परिचय, हेन्कुवुङ चाम्लीङको वहसको लागि किराती अस्तित्व, भक्तराज कन्दङ्वाको एक्काइसौ शताव्दीको किरात राष्ट्रिय आन्दोलन, जनकऋषी राईको लेख व्यावस्थापकिय अन्योलता, किरात प्रदेश नै किन ?, गोपाल किरातीको किराती राष्ट्रका चुनौतीहरु, सुनिता किरातीको लेख किरात प्रदेश नै किन अर्जुन जम्लेलीकै एक नं. प्रदेश किरात राज्य वन्ने आधारहरु, शालिक शतासक राईको किरात प्रदेशका आधारहरु र राजेन खिम्वूले राईको किरात प्रदेशका वैज्ञानिक आधारहरु जस्ता लेखहरु समेटिएका छन् ।
प्रदेश नं.१ को नामाकरण विवाद, चर्चा, अनिर्णीत भैरहेको समयमा यो पूस्तक प्रकाशन हुनुले किरात प्रदेश नामाकरणमा टेवा मिल्ने उद्देश्य रहेको पाइन्छ । पछिल्लो समयमा किरात र लिम्बूवानको विवाद जतातौ चैतको डढेलो झैं सल्कीएको अवस्थामा विभिन्न लेखकको लेखको आधारले पनि वर्तमान प्रदेश १ किरात हुनुपर्छ भन्ने मानोवैज्ञानिक तर्कै छ । राजनितिक रुपमा खम्बूवान मूक्ति मोर्चा (खरामो) र लिम्बूवान राष्ट्रिय मूक्ति मोर्चा (लिरामो)ले समेत किरातलाई एकताको आधार मानेको भन्दै अहिले प्रदेश नामाकरण विषयान्तर हुन खोजेको आशंका गर्दै खवदारी स्वरुप पनि यस पूस्तकलाई प्रकाशमा ल्याएको छ ।