Logo

भारतबाट पाकिस्तान यसरी अलग देश बनेको थियो !


लेखक:राजिव दिक्षित / अनुवाद :नित्यराज दाहाल

अंग्रेज़ले बृटिस ईन्डियामा एउटा पत्रीका निकाल्थ्यो “टाइम अफ ईण्डिय ” जुन अहिले पनि निक्लन्छ। मुस्लिम लिगले स-सानो कार्यक्रम गर्दा पनि ठुलो-ठूलो अक्षर बनाएर टाइम अफ ईण्डियको फ्रन्ट पेजमा छापिदिने। मोहम्मद अलि जिन्हा मुस्लिम लिगका नेता त थिए तर ऊनी कहिल्यै मुस्लिमहरुका नेता भएनन्।मुस्लिमहरुले नेता नमान्नुको पहिलो कारण थियो,उनी सुगुरको मासु खान्थे।मुसलमानहरु जो सुगुरको मासु खान्छ त्यसलाई मुस्लिम मान्दैनन्।दोश्रो कारण थियो,उनी प्रायः बिहानै रक्सी खान्थे,रक्सी खानेलाई पनि कट्टर मुस्लिमले मुस्लिम मान्दैनन्।तेस्रो कारण थियो,जिन्हा ब्याजमा पैसा लगाउथे।यसरी ब्याज लगाउनु मुस्लिम धर्म मान्यता बिपरित हो।त्यसैले मुसलमानहरुले जिन्हालाई कहिल्यै नेता मानेनन्।

एकदिन लाहोरमा मुस्लिम लिगको कार्यक्रम हुँदाखेरी जिन्हालाई उनी बसेकै ठाउँमा गएर कट्टर मुस्लिमहरुले उनी बसेकै ठाउँ कालो मोसो दलेर जुत्ताको माला लगाईदिएका थिए।त्यसरी अन्य मुस्लिमहरुले मोसो दलिदिए पछि त्यसपछि कहिल्यै कुनै कार्यक्रममा जिन्हा सहभागी भएनन्।उनिलाई त्यसरी अपमान गरेको फोटो तत्कालीन टाइम अफ ईण्डिय पेजमा छापिएको थियो।मुस्लिम नै बिरोध गरेपछी जिन्हालाई कुनै पत्रकारले सोधेका थिए, तपाईं कस्को नेता हो? तपाईंलाई मुस्लिमले नै मान्दैनन् ? भनेर सोध्दा जिन्हाले “म त अंग्रेज़को नेता हु।” भनेर भनेका थिए।

तपाईंलाई लाग्न सक्छ मुसलमानहरुले जिन्हालाई नेता नमान्दा पनि कसरी जिन्हाले पाकिस्तान बनाए त ? त्यत्रो पाकिस्तान बनाउने हिक्मत जिन्हालाई कस्ले दियो ? पाकिस्तान बनाउन मोहम्मद अलि जिन्हाको त्यति ठूलो भुमिका थिएन त्यो भन्दा बढी भुमिका लेडि एडमिना माउन्टवेटनको थियो।उनी भारतला अन्तिम भाईसराय लर्ड माउन्टवेटनकी श्रीमती थिईन। पाकिस्तान बनाउन उनै एडमिनाको सबैभन्दा ठूलो भुमिका थियो। तपाईंलाई थाहा छ,पाकिस्तान बनाउन एडमिनाले के के खेल खेलिन ? आज म तपाईं कटु सत्य कुरा बताउछु।जुन सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ।

एडमिना(Adwina)माउन्टवेटन लन्डनको हेरिश कलेजमा कानुन पढ्थिन।जुन कलेजमा भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरु र मोहम्मद अलि जिन्हा पनि पढ्दथे।उनिहरु एउटै क्लास मेट थिए। एडमिनालाई नेहरु र जिन्हा दुबै बहुत प्रेम गर्दथे।एडमिना पनि नेहरु र जिन्हालाई दुबैलाई प्रेम गर्दथिन।एडमिना यत्ती चलाख महिला थिईन कि नेहरु र जिन्हा दुबैलाई ह्यान्डलिङ गर्दथिन।एउटालाई बिहान भेट्थिन भने अर्को लाई बेलुका भेट्दथिन।नेहरु र जिन्हाको सबैभन्दा ठूलो झगडा एडमिनाको बिषयमा हुने गर्दथ्यो।हेरिश कलेज देखि शुरूवात भएको नेहरु र जिन्हाको पछि सम्म नै रह्यो।

पछि पढाइ सकेर दुबैजना भारत फर्के र वकालत पेसा अङ्गाल्न खोजे तर दुबै सफल भएनन्।नेहरु र जिन्हाको जिन्दगीमा एउटा केस पनि लडेनन।उनिहरुलाई वकालत गर्नको लागि कुनै एउटा केस पनि मिलेन। केस नमिल्नको कारण थियो,उनिहरुले लडेका केस जित्न नसक्नु।उनिहरु दुबैसग केस लड्न सक्ने दम/हिक्मत्त थिएन। नेहरुको वकालत पेसा नचलेपछि बाबू मोतिलाल नेहरुले काङ्ग्रेसमा छोरालाई जोडीदिए।मोतिलाल नेहरुलाई के बिश्वास थियो भने कुनै न कुनै एक दिन अबस्य अंग्रेज़ले भारत छोडेर जानेछन।म कुनै पनि उच्च पदमा नपुगे पनि मेरो छोरो देशको उच्च पदमा पुग्नेछ।मोतिलाल नेहरुले स्वराज पार्टी भनेर खोलेका पनि थिए।उनले अंग्रेज़सग मिलेर सरकार बनाउन पनि प्रयास गरे।यदि अंग्रेज़ भारतबाट गयो भने उनैको स्वराज पार्टीले भारतको नेतृत्व लिन्छ भन्ने उनमा बिश्वास थियो।त्यसैले उनले हतार हतारमा काङ्ग्रेससग पार्टी एकीकरण गरेका थिए।

भारतका लागि अन्तिम भाईसराय लर्ड माउन्टवेटनले भारत आउनु भन्दा अगाडी एडमिनासग बिबाह गरेका थिए।अंग्रेज़ले नेहरु र जिन्हाको कमजोरी के छ भनेर पत्ता लगाएको थियो।अंग्रेज़ले लर्ड माउन्टवेटनलाई के भनेका थिए भने देख्नको लागि भए मात्रै पनि एडमिनालाई बिबाह गर।लर्ड माउन्टवेटनले आफ्नो डायरिमा यो पनि लेखेका छन कि एक दिन पनि एडमिना सग एउटैएउटैमा सुतेनन।दोश्रोलाई देखाउनको लागि त उनिहरु पति पत्नी थिए तर असली रुपमा पति पत्नी थिएनन्। एडमिनालाई हेरिश कलेज पढ्दा जसरी बिताएको थियौं त्यसै गरि भारत आएपछी बिताउ भनेर पठाएको थियो।एडमिना भारत आए पछि नेहरु र जिन्हालाई त्यसैगरी भेट्न थालिन।नेहरु र जिन्हा सङै बसेर एडमिना दारु,चुरोट र सुगुरको मासु खान्थिन।नेहरु र जिन्हा एडमिना सङै डान्स गर्थे।एडमिनालाई चुम्बन गर्थे।प्रायः प्रत्येकदिन उनी पार्टी गर्थिन।नेहरु र जिन्हालाई छुट्टाछुट्टै दिन पारेर बोलाउथिन।एडमिनाले यसरी आफ्नो खेल सुरुवात गरिन।

पुरुषको लागि चरीत्र सबैभन्दा ठूलो कुरा हो।चरीत्रबाट गिरेको मान्छेको अन्तिम सिमा केही पनि हुदैन।नेहरु र जिन्हा यत्ती चरीत्रहिन र हलुका मान्छे थिए,जुन अचेल सुनेर मान्छे छक्क पर्छन। उनीहरु दुबैलाई एडमिनासगको सम्बन्ध राम्रो हुन्न भनेर थाहा थियो तर पनि छोड्न सक्दैन थिए।गलत भनेर बुझ्दा पनि उनीहरुले कहिल्यै छोडेनन।जसको कारण,उनीहरुलाई ईतिहासले सधै धिकार्नेछ। ३ जुलाई १९४७, नेहरु एडमिनालाई पहिले झै भेट्न गए।पहिले जस्तै एडमिनालाई चुम्बन गरे,दारु खाए,चुरोट खाए।डान्स गरे। तर त्यही फोटो नेहरुको लागि सबैभन्दा चिन्ताको बिषय बन्यो। एडमिनाले नेहरुलाई भनिन – “हेर तिमिले मलाई चुम्बन गरेका।म सग दारु पिएका।म सग डान्स गरेका।संगै चुरोट खाएका फोटोहरु छन्।यी फोटाहरु मैले भोलि बिहान टाइम अफ ईण्डियको फ्रन्ट पेजमा छापिदिए भने तिम्रो के हालत हुन्छ होला।तिमिलाई राजनीतिमा अघि बढाउने गान्धी जो छन् उनले तिमिलाई के भन्छन् होला।”

नेहरु एडमिनासग डराएर भने-“तिमी के चाहन्छौं”? “एउटा पेपर छ त्यसमा साईन गर्देउ” – एडमिनाले भनिन। “के को पेपर हो” – नेहरुले सोधे। “यो पेपर भारत र पाकिस्तान बिभाजन गर्नको लागि हो।हिन्दु र मुसलमानको आधारमा बिभाजन गर्नको लागि हो।तिमी यस्मा साईन गर्देउ”। – एडमिनाले भनिन। “म मेरो काङ्ग्रेसको केन्द्रिय कमिटीसग सोध्छु।” – नेहरुले भने। “म सग त्यत्ती पर्खने समय छैन।तिमी यो पेपरमा साईन गर्छौ कि भोलि टाइम अफ ईण्डियको फ्रन्ट पेजमा छापिदिउ।” – एडमिनाले भनिन। नेहरुले सरेन्डर गर्दै, ३ जुलाई १९४७ रातको ३ बजे भारत पाकिस्तान बिभाजनको पेपरमा हस्ताक्षर गरिदिए। अघिल्लो दिन, एडमिनाले जिन्हालाई पनि नेहरुको जस्तै गरि भारत पाकिस्तान बिभाजन गर्ने पेपरमा हस्ताक्षर गराएर राखिसकेकी थिईन। जिन्हा र नेहरु दुबैलाई एडमिना यस्ती छिन भनेर कहिल्यै थाहा भएन।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्