Logo

‘प्रचण्ड’ भर्सेस ‘बादल’को लडाई नेकपामा


काठमाडौं । नेकपाको सचिवालय बैठकले सार्वजनिक गरेको सातै प्रदेशका इञ्चार्ज, सह-इञ्चार्ज र अध्यक्ष र सचिवहरुको सूचीमा पूर्वमाओवादी घटकको उपस्थिति पूर्वएमालेको भन्दा कमजोर छ । तर, पूर्वमाओवादी भित्रबाट हेर्दा प्रचण्ड समूहको हाराहारीमै बादल समूहको प्रतिनिधित्व देखिएको छ।

पूर्वमाओवादी नेताहरु प्रचण्ड र बादल एउटै गृहजिल्लाका बासिन्दा हुन् । उनीहरु माओवाद अिान्दोलनका पुराना सहयात्री हुन् । तर, एक जमाना ‘लिन पिआओ’ प्रवृत्ति देखियो भनेर कारवाहीसमेत भोगेका बादलको पुनरुत्थान प्रचण्डका लागि चुनौतिपूर्ण बन्न थालेको छ ।पूर्वमाओवादीमा बादल समूहको बढ्दो तागतले प्रचण्डलाई सकसमा पार्न सक्ने संकेत देखिएको छ ।

प्रदेश एक र सातमा बादलको बर्चश्व

नेकपा सचिवालयले शुक्रबार सार्वजनिक गरेको प्रदेशका नेताहरुको सूची हेर्दा प्रदेश १ र प्रदेश ७ मा प्रचण्ड पक्षका नेताहरुको उपस्थिति शून्य देखिएको छ भने ओलीरबादल समूह बराबर हैसियतमा देखिएका छन् । प्रदेश एकको सह-इञ्चार्जमा बादल समूहका शावित्रीकुमार काफ्ले छानिएका छन् । त्यस्तै सचिवमा बादल समूहका सुरेकुमार राई (हिमाल) छानिएका छन् । यो प्रदेशमा प्रचण्ड समूहका नेता छनोटमा परेका छैनन् । उता प्रदेश ७ को सहइञ्चार्जमा बादल समूहका लक्ष्मणदत्त जोशी छानिएका छन् भने सचिवमा बादल समूहकै नेपबहादुर चौधरी छानिएका छन् । यो प्रदेशमा पनि प्रदेश १ मा जस्तै प्रचण्ड समूहबाट कोही पनि परेका छैनन् ।

कर्णाली प्रदेशको इञ्चार्जमा प्रचण्ड समूहका जनार्दन शर्मा छानिएका छन् भने सचिवमा छानिएका बादल समूहका मायाप्रसाद शर्माले ओली र प्रचण्डले खटाएर दिएको पदमा नबस्ने भन्दै आपत्ति जनाएका छन् । प्रदेश ५ मा छानिएका पूर्वमाओवादी समूहका दुबै नेताहरु प्रचण्ड समूहबाटै परेका छन् । अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा दुबै प्रचण्ड पक्षधर हुन् । गण्डकी प्रदेशमा तीनजना पूर्वएमालेबाट र एकजना मात्रै पूर्वमाओवादीबाट छानिएका छन् । प्रदेशको अध्यक्षमा छानिएका हितराज पाण्डे प्रचण्ड पक्षधर हुन् ।

प्रदेश ३ मा पूर्वएमाले र पूर्वमाओवादीबाट दुईरदुई जना परेका छन् । प्रदेशको सहइञ्चार्ज हितबहादुर तामाङ र अध्यक्ष नारायण दाहाल दुबै प्रचण्ड पक्षधर हुन् ।प्रदेश २ मा पूर्वमाओवादीबाट परेका दुईजनामध्ये सह-इञ्चार्ज विश्वनाथ साह नारायणकाजी श्रेष्ठ निकट नेता हुन् भने अध्यक्ष प्रभु साह प्रचण्ड निकट हुन् । प्रदेश २ का सहइञ्चार्ज साह नारायणकाजी निकट भए पनि उनी बादल भन्दा प्रचण्ड तिरै नजिक मानिन्छन् । त्यसै गरी प्रदेश १ का सचिव हिमाल राई बादल र प्रचण्ड दुबैसँग समुदरीमा रहेका नेता हुन्

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्