Logo

मेस्सीका उत्कृष्ट पाँच ह्याट्रिक


काठमाडौं । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले विश्व फुटबलमा धेरै रेकर्डहरु बनाएका छन् । गोल मेसिनको रुपमा चिनीने मेस्सीले सायद कमै खेलमा मात्र गोल गर्न असफल भएका छन् । स्पेनिस लिग ला लिगाको कुरा गर्ने हो भने मेस्सी सर्वाधिक गोलकर्ता हुन् । मेस्सीले बार्सिलोनाबाट मात्र हैन अर्जेन्टिनाबाट समेत धेरै ह्याट्रिक गरिसकेका छन् । मेस्सीले हालसम्म ४० बढी ह्याट्रिक गरेका छन्, जुन निकै चर्चा हुने गर्दछ । मेस्सीले गरेका ४० ह्याट्रिकमध्ये ५ ह्याट्रिक अझ उत्कृष्ट रहेको छ ।मेस्सीले गरेका उत्कृष्ट पाँच ह्याट्रिकबारे हामी चर्चा गर्नेछौ 

मेस्सीले गरेका पाँच उत्कृष्ट ह्याट्रिक :

आर्सनलविरुद्धको सुपर ह्याट्रिकमेस्सीले गोल गर्छन भन्ने सबैलाई थाहै हुन्छ । सन् २०१० को च्याम्पियन्स लिग अन्तर्गत आर्सनलविरुद्ध पनि मेस्सीले गोल गर्न अड्कल काटिएको थियो ।  तर, मेस्सीले आर्सनलविरुद्ध सुपर ह्याट्रिक नै गरे । जुन ह्याट्रिक मेस्सीले गरेका गरेका ह्याट्रिक मध्ये शीर्ष पाँचमा अटाउने गर्छ । मेस्सीले पहिलो हाफमै ह्याट्रिक पुरा गरेका थिए । उनले खेलको २०, ३६ र ४१ औं मिनेटमा गोल गरेर ह्याट्रिक पुरा गरेका थिए ।  रियल मड्रिडविरुद्ध ह्याट्रिक :  स्पेनिस ला लिगा अन्तर्गत सन् २००७ को सिजन मेस्सीले एल क्लासिको भिडन्तमा ह्याट्रिक गरे । मेस्सीले १९ बर्षको उमेरमा नै रियलविरुद्ध ह्याट्रिक गरेका थिए । मेस्सीले त्यसबेला  भर्खरै बार्सिलोनाको सिनियर टोलीमा स्थान बनाउदै थिए । मेस्सीले पहिलो हाफको १० औं मिनेटमा पहिलो गोल गर्दा २७ औं मिनेटमा दोस्रो गोल गरेका थिए । त्यस्तै खेलको ४६ औं मिनेटमा गोल गर्दै मेस्सीले ह्याट्रिक गरेका थिए ।

 इक्वेडरविरुद्ध ह्याट्रिक : सन् २०१८ को विश्वकप छनोटमा अर्जेन्टिना कठिन स्थितिमा पुगेको थियो । अन्तिम खेलमा अर्जेन्टिनाले खेल्दै थियो इक्वेडरसंग । तर, अन्तिम खेलमा मेस्सीले कमाल गरे । इक्वेडरविरुद्ध ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराउन सफल भए । जुन ह्याट्रिकले निकै चर्चा कमायो । मेस्सीलाई महान खेलाडीको दर्जा समेत दिइयो । रियल मड्रिडविरुद्ध ह्याट्रिक : मेस्सीले प्राय एल क्लासिको भिडन्तमा  गोल गरिरहेका हुन्छन् । मेस्सीले सन् २०१४ को एल क्लासिको भिडन्तमा पनि मेस्सीले ह्याट्रिक गरे । जुन खेलमा बार्सिलोनाले खेल ४ – ३ ले जितेको थियो । उक्त ह्याट्रिक पनि मेस्सीको चर्चित ह्याट्रिक मध्येमा पर्छ ।

पिएसभीविरुद्ध ह्याट्रिक : यसै सिजनको च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोनाले पिएसभीसंग खेलेको थियो । पहिलो खेलमै मेस्सीले उत्कृष्ट प्रदर्शन गरे । मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकाल्यो । र, मेस्सीले च्याम्पियन्स लिगमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको किर्तिमान बनाए । मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई पछि बनाए  ।  मेस्सीले पहिलो गोलको रुपमा गरेको फ्रिकिक गोल निकै उत्कृष्ट थियो । मेस्सीको ह्याट्रिकसंगै बार्सिलोनाले यो सिजनको उपाधि जित्ने लक्ष्य बनाएको छ । 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्