“किरात” : केही भ्रम र यथार्थ
–बलदीप प्रभाश्वर चामलिङ
याे “किरात” शब्द संस्कृत भाषाबाट आएकाे भनेर कसैकसैले दाबी गरेका पाइन्छन् । यहाँ आपतिकाे कुरा के हाे भने याे किरात शब्दलाई विद्वान कहलिएका नश्लवादी इतिहासकारले नियाेजित तवरले सुँगुरसंग जाेडि दिएकाे छ । अनि यसैलाई आधार मानेर हामी केही निर्दाेष अबाेध समुह किरात पहिचानबाट भाग्न खाेज्छाै । यहाँ किरातलाई “किर +आत = किरात” काे रूपमा बुझिने बुझाई नै गलत छ । जबरजस्त “किर” लाई सुँगुर र “आत” लाई पालक भनेर बुझ्ने दिमाग नै हाम्राे मुक्तिकाे बाधक हाे ।
“किरात” लाई संस्कृत शब्दहरूसंग नै संश्लेषण र विश्लेषण गरेर हेर्ने हाे भने पनि याे शब्द सुँगुर र सुँगुरकाे पछि लाग्ने जातिसंग सम्बन्धित नभएकाे प्रमाणित हुन्छ । यसकाे लागि हामीले ठेट माैलिक संस्कृत शब्दहरू पहिल्याउनु पर्ने हुन्छ । सुँगुरलाई ठेट संस्कृतमा “वराह” भनिन्छ । ( लिम्बुवानकाे सुनसरी जिल्ला अन्तरगत चतारास्थित वराह क्षेत्रकाे मन्दिर भनेकाे सुँगुरकाे मन्दिर हाे जहाँ हिन्दुआर्यले विष्णुकाे रूपमा सुँगुर पुज्छन् । ) माैलिक संस्कृतमा “किर” काे अर्थ कहिँ पनि सुँगुर छैन ।
“किरात” शब्दकाे स्वरूपसंग नजिक भएका संस्कृत शब्दहरू हेराैँ । जस्तै: “किरति”, “किरीट”, “किरिटी” । यदि किरात संस्कृत भाषाबाटै आएकाे हाे भने यिनै शब्दहरू अपभ्रंश भएर आएकाे हुनुपर्छ । संस्कृतकाे “किरति” काे अर्थ “छर्नु/ फैलिनु/ to scatter” हुन्छ । “किरति” बाट “किराती” बन्न सक्छ । यदि याे हाे भने किरातीकाे अर्थ चारै दिशामा विस्तारित रूपमा फैलिएर रहेकाे जाति हुन्छ । संस्कृतबाट आएकाे “किरीट” शब्दकाे अर्थ “मुकुट/श्रीपेच/crown” हुन्छ । याे मुकुट/श्रीपेच लगाउनेलाई संस्कृतमै “किरिटी” भनिन्छ र “किरिटी” काे अर्थ राजा हाे । “किरीट” बाट “किरात” बन्न सक्छ र “किरिटी”बाट “किराती” हुन सक्छ । यदि संस्कृतबाटै किरात हुन आएकाे हाे भने किरातकाे अर्थ मुकुट लगाउने राजा हुन्छ ।
अतः किरातलाई हामीले संस्कृतबाट नै आएकाे हाे भनेर जिद्दी गर्ने हाे भने पनि “किरात” शब्दकाे साईनाे “सुँगेर पालेर जीविका धन्ने” कुरासंग हुनै सक्दैन । यद्यपि किरात शब्द किरातभाषाबाटै आएकाे आधार छ । “किरात” र “किरावा” शब्दबीचमा घनिष्टता छ । किरातभाषामा “कि” धातु भएका शब्दहरू प्रशस्तै छन् । किरातीहरूले आफूलाई गाैरवका साथ कसैलाई रवाफ देखाउनु पर्याे भने ” काँ किराती माे म्छा/ आङ्का किरावा छा चि (म त किरातीकाे बच्चा पाे हुँ त)” भन्ने परम्परागत स्थापित आचरण ( traditional custom ) अझै पनि छ । यसाे भन्ने परम्परा त संस्कृतभाषा बाेकेर ल्याउने आर्यहरू हिन्दुउपमाद्वीपमा प्रवेश गर्नुभन्दा अगाडि देखिनै किरातहरूमा थियाे । हिन्दुआर्यकाे आगमन अगाडि नै किरातीले आफूलाई गर्वका साथ किरात भनिरहेकाे यसबाट प्रष्ट हुन्छ ।
मानिसकाे स्वभाव कस्ताे हुन्छ भने कसैले हेयकाे दृष्टिबाट दिएकाे उपमाबाट आफूलाई चिनाउन चाहदैन । गर्वकाे साथ भन्ने कुरा त परकै हाे नामकाे अर्थ नै हुनुपर्छ भन्ने छैन । त्याे नाम त पछि नामधारण गर्नेकाे व्यावहारले अर्थ लगाइने हाे । हिन्दुआर्यकाे संस्कृतभाषा प्रवेश गरेपछि मात्र किरात शब्द आएकाे हाे भन्नू भनेकाे काेइलाखानीकाे अाविष्कार पछिमात्र वनस्पतिकाे उत्पति भएकाे हाे भन्नू जस्तै हाे । त्यस्ता प्रतापी वैभवशाली सभ्यता भएकाे जातिकाे आफ्नै नामकाे पहिचान थिएन हाेला ? अवस्य थियाे । थियाे त केवल “किरात” नै थियाे । जसले आफूलाई किरात भएकाे दाबी गर्दैनन् उनीहरूकाे लागि आफूलाई आदिवासी (indigenous people) भन्नु याेग्यता पुग्दैन ।
द्रष्टव्य:
किरातशास्त्री (Kiratologist) ले संस्कृतबाट “किरात” आएकाे हाेइन, बरू “किरात” शब्द तथा किरातभाषाबाट चाहिँ संस्कृतमा केही शब्द बनेका छन् भनेर दाबी गरेका छन् । जस्ताे : “कीर्ति” । याे किराती- किरती – किर् ती हुँदै पछि कीर्ति भएकाे हाे । कीर्तिकाे अर्थ प्रसिद्धि तथा ख्याति (fame) । हिजाे किरातीहरू वैभवशाली थिए । उनीहरूले प्रसिद्ध र ख्याति कामाएका थिए । त्यस कारण ख्याति र प्रसिद्धि कामउनेलाई हिन्दुआर्यले “किराती” शब्दकाे विशेषण प्रयाेग गर्थे । “किराती” भन्दाभन्दै पछि अपभ्रंश भएर “कीर्ति” भएकाे हाे ।
-फेसबुकबाट लिएको हो ।