ओखलढुङ्गा कुईभीरमा भब्य साङितिक कार्यक्रम हुँदै
काठमाण्डौ- दशैको शुभकामना साङगितिक कार्यक्रम २०७५ भब्य रुपमा कुईभिरमा हुँदै छ । “आवाज नहुनेहरुको आवाजको साथमा, राष्ट्रीय कलाकारहरुको ओखलढुङ्गा चिसङ्खुगढी गाउपालिका १ कुइभिरको माझमा” भन्ने मुल नाराको साथमा चर्चित र ख्यातिप्राप्त कलाकारहरुले ओखलडुंगा प्रस्तुती दिदै छन । यस बिशेष कार्याक्रम फुलपातिको अघिल्लो दिन असोज २९ गते हुँदैछ, समय बिहान १० बजे कुइभिर माबी कुइभिरटार १ चिसुङ्खुगढी गाउपालिका ओखलढुङ्गमा हुनेछ । कुईभीर युवा साङितिक ग्रुपको उर्जाशिलयुवाहरुको आयोजना रहेको छ ।
यस कार्यक्रममा लोक-आधुनिक गायनको सम्राट बरिष्ठ गायक शम्भु राई, चर्चित गायक रुप कुमार राई, चर्चित गायिका लीला राई, युबा गायक जनम थुलुङ्, युबा गायक कुमार प्रयास, युबा गायक उदास थुलुङ, युवा गायक गणेश थुलुङ र युबा गायक मनिष पिएमले साङितिक कार्यक्रमको बेजोड प्रस्तुती दिनेछन । यस कार्यक्रममा मिस राई २०१७ सेकेन्ड रन अप तथा मोडल असिता राई, हट डान्सर एलिशा राई, डान्सर सुस्मा राई र डान्सर गजुरमान राईले घमेकेदार डान्सले स्टेज तताउने छन ।
यस कार्यक्रममा संयोजकहरु, जसिहब थुलुङ, बिशाल राई, योग्य राई, बबिन राई र सुरेश कोइराला रहेको छन । त्यस्तै गरी आयोजक पबन राई, अधिश थुलुङ, दिमाहाङ राई, गजुरमान राई, बन्देश राई र अईन्द्र राई रहेको कुइभिरेली युबाहरुको सयोजन रहेको छ । अझ उर्जाशिल युबाहरुलाई अन्य सहयोगी सस्थाहरु कुइभिर सेवा समाज काठमाण्डौ, चस्कुच्यो मुलिनेम्, कुइभिर माबि कुइभिरटारले साथ दिएको छ ।
चर्चित युबा हास्यकलाकार फुलेन्देको आमाले पेट मिचिमिची हसाउने छ । यस कार्यक्रममा चर्चित उद्घोषक शाहस राईले गर्ने छन । यस कार्यक्रममा मुन्धुमस्टार डटकम र आफ्नो एफ एम ओखलढुङ्गाले मिडिय पाटनर रहेको छ ।
पृथ्बीको उत्पती सङ्गै सयौ बर्ष देखि चोमोलुङमाको काखबाट आफ्नै रफ्तारमा अविरल बगिरहेको दुधकोशी, सो कार्यक्रम हुँदै गर्दा केही समय आफ्नै गतिलाई रोकि कार्यक्रमलाई सलाम गर्ने छ । आकाशमा कावा खादै उडेका चराहरु आकाशमै अडिएर कार्यक्रमको संगीतमा नाच्दै नियाल्ने छ्न्न, त्यहाँको डुङ्गा माटो हावा पानीले न्यानो स्पर्श दिदै कार्यक्रमलाई सफल पार्न आतुर रहेको कुरा साहसा राइले बताए ।