Logo

अग्रता जोगाउन नसक्दा बार्सिलोनाको बराबरी


एजेन्सी  । स्पेनिस ला लिगा फुटबलमा साबिकको विजेता बार्सिलोनाले बराबरी खेल्दै अंक बाडेको छ । आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले जिरोनासंग २ – २ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले अंक गुमाएको हो । क्याम्प नाउमा खेलको १९ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा क्लेमेन्ट लेगमेन्टले रातो कार्ड पाउदा बार्सिलोना पहिलो हाफमै १० खेलाडीमा समेटियो ।  जसको फाइदा जिरोनाले उठायो ।  खेलको ४५ औं मिनेटमा क्रिस्टियन स्टुआनीले गोल गर्दै जिरोनालाई खेलमा फर्काए । पहिलो हाफ १ – १ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा जिरोनाले अग्रता बनायो । ५१ औं मिनेटमा स्टुआनीले व्यक्तिगत दोस्रो गोल गर्दै जिरोनालाई २ – १ को अग्रता दिलाए ।  तर, खेलको ६३ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

यो बराबरीपछि शीर्ष स्थानमा उक्लिएको बार्सिलोना ५ खेलबाट १३ अंक जोडेको छ । छैटौं स्थानको जिरोनाले ५ खेलबाट ८ अंक जोडेको छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्