Logo

नेकपाका पोलिट्ब्यूरो सदस्य पुन र राईलाई दाङ पुर्याइयो


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्यूरो सदस्य ओमप्रकाश पुन र पदम राईलाई अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको छ । दुबै नेतालाई दाङ पुर्याइएको छ । नेता राईलाई संखुवासभा र पुनलाई नेपालगंज जिल्ला अदालतले रिहाको आदेश गरेको थियो । तर, प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरेको थियो । दाङ प्रहरीले दुबै नेतालाई विस्फोट सम्बन्धि मुद्दा लगाएको छ । यसअघि पनि रिहा भएलगत्तै प्रहरीले गिरफ्तार गर्दै आएको थियो ।

प्रहरीले नेता राईलाई असार १६ र पुनलाई १९ गते राति काठमाडौँबाट गिरफ्तार गरेको थियो । राई र पुनलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएलगत्तै पुनः गिरफ्तार गरिएको थियो । राईलाई काठमाडौँबाट मोरङ, इलाम, भोजपुर, संखुवासभा हुँदै पुर्याइएको छ भने पुनलाई बर्दिया, कैलाली हुँदै बाँके हुँदै दाङमा फेरि बिस्फोट पदार्थ र कर्तव्य ज्यान सम्बन्धि मुद्दा लगाएको छ । यसैबीच आइतबार सर्वोच्चको आदेशमा पोलिट्ब्यूरो सदस्य उमा भुजेल र केन्द्रीय सदस्य आजाद केसी भने रिहा भएका छन्

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्