Logo

पालि ठगीको सिकार ! दूतावाससंग गरेको सम्झौता सकिदा पनि काम भएन


क्वालालम्पुर मलेसिया-घरफिर्ती गर्ने भन्दै ६ जना नेपाली श्रमिकलाई ठगेका जनजाती महासंघका अध्यक्ष तेसै कारण हाल पद बाट निलम्बित भएका छन । घर फिर्ता गराउछु भनेर लिएको रकम र समय सकिसक्दा पनि स्वदेश फिर्ता नगराउदा आफुहरु बिच्चलीमा पारेको भन्दै बुधबार सेप्टेम्बर १२ पीडित हरु शेर्पा विरुद्ध उजुरी जाएर गर्न मलेसिया स्थिति नेपाली राजदुतावास क्वालालम्पुर मलेसियामा पुगि लिखित निवेदन दिएका थिए ।

दूतावासमा उजुरी लिएर गएका पीडित हरुले दूतावास बाट पिडक लाई बोलाइ सहमति मा न्याय खोजी गर्नुपर्ने भन्दै ठगि गर्ने शेर्पा लाई दूतावासमा बोलाइ दूतावास कै रोहवरमा दुइ पक्षीय ५ बुदे सहमति गराएको थियो । सहमति पत्रमा पीडित निबेदक सबैलाइ २३ सेप्टेम्बर सम्म मा सकुशल स्वदेश फिर्ता गराउने फिर्ता नहुन्जेल सम्म खान पान को बन्दोबस्त गर्ने नेपाली लाई अमान्य हुने कुनैपनी नराम्रो काम नगर्ने सम्झौता मा हस्ताक्षर गरेता पनि हिजो नै तोकिएको समयावधि सकोएको छ ।

ठगीमा परेकाहरु गणेश बि.क.,जीवन थापा ,प्रेम बहादुर कुमाल,पुर्ण बहादुर डाङ्गी ,तिलक बहादुर सेन्तान ,,बेल नारायण श्रेष्ठ , प्रमोद चौधरी , बृहस्पति यादव , भरत सदा,पदम खत्री , जीवन रिजाल, दूतावास संग गरिएको सम्झौता समयावधि भित्र समेत स्वदेश फर्किन नपाउदा आफुहरु चिन्तित बनेको बताउछन। अहिले शेर्पा ले पीडित हरुलाइ हवाई टिकट सोयंम ले काटे पठाउन सक्ने बताइदै आएका पीडित मध्य का प्रेमबहादुर कुमाल ले बताए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्