Logo

नेकपाभित्र गुटैगुट, कस्को कोसँग सम्बन्ध ?


राजनीतिमा गुट र फुट हुनु नौलो कुरा होइन । तर यसले सही ढंगले प्रयोग गर्न नसक्दा पार्टी र देशलाई ठूलो हानी पुग्ने हुन्छ । यो राजनिीतिक गुट पछिल्लो समय नेपाली कम्युनिष्टमा ठूलो रोगको रुपमा हाबी भएको देखिन्छ । झन अहिलेको सत्तासिन कम्युनिष्ट पार्टी गुटले गर्दा ठूलो समस्यामा परेको। गएको महिना नारायणकाजीले पार्टी प्रवक्ताबाट राजीनामा गर्नु, झनाथको असन्तुष्टि सतहमा आउनु, माधव कुमार नेपालले केही न केही बोलेकै हुनु र अन्य नेतापनि प्रत्यक्ष र अप्रत्इक्ष रुपमा आफना असन्तुष्टि पोख्नुले गुटको बधmेल्ती संकेतहरु हुन भन्दा अत्युक्ति हुँदैन ।

नेकपाभित्रका गुट 

नेकपाभित्र दृश्य/अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन्। त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन्। प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो। तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन्। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ। उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन्।

महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन्। सात प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी २८ पदाधिकारीमध्ये ओली पक्षका १० नेताले जिम्मेवारी पाएका छन्। यस हिसाबले पनि ओली पार्टीमा हाबी छन्।

प्रचण्ड्को छुटै गुट छ भने बादलको छुट्टै गुट छ । त्यस्तै गरी माधब नेपालको छुट्टै गुट छ भने झालनाथ ख नालको को पनि छुट्टै देखिन्छ । त्यस्तै गरी सानो गुट नारायाण काजी श्रेष्ठ र बामदेब गौतमको पनि रहेको छ । कस्को गुठ भित्री रुपमा सबैलाई थाहा भए पनि बाहिर नेकपाको र एसियको तेश्रो ठुलो दलको दम्भा सबै सँग रहेको छ । यस गुटहको कारणले गर्दा नै भित्री रुपना निकै धारायासी रहेको देखिन्छ । जसको कारण अहिले सम्म प्रदेश, जिल्ला र गाउ नगर कमिटी बन्न सकेको छैन ।

 


Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्