Logo

लोकप्रिय बन्दै ‘मोटरसाइकल ट्याक्सी’, मासिक कमाई १०-१५ हजारसम्म


तीन वर्षअघि भारतीय नाकाबन्दीका बेला मोटरबाइक बा गाडीमा अरुलाई ओसार्ने ‘लिफ्ट कल्चर’ निकै लोकप्रिय थियो । सोही लिफ्ट कल्चरलाई व्यवसायिक रुप दिँदै टुटल एप्स बनाएपछि युवापुस्तादेखि बृद्धमाझ यो निकै लोकप्रिय भइरहेको छ । यसलाई सजिलो भाषामा मोटरसाइकल ट्याक्सी पनि भन्ने चलन छ । यो एप्सको प्रयोग गरेर सर्वसाधारणले सडकमा गुडिरहेको मोटरसाइकलमा भाडा तिरेर यात्रा गर्न सक्नेछन् । दूरसञ्चार तथा बैङ्कमा लामो समय काम गरेका इन्जिनियर शिक्षित भट्टलाई केही फरक खालको काम गरौं भन्ने लागेपछि टुटल एप्सको निर्माण गर्नुभयो । यो खबर शनिबार प्रकाशित ‘गोरखापत्र’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।उहाँ भन्नुहुन्छ, ‘मोटरसाइकलमा हुने खाली सिट उपयोग गरेर सेवा दिन सकिन्छ, जस्तो लाग्यो । हामीलाई नाकाबन्दीको मारमा पनि धेरैले लिफ्ट दिएकाले यो सफल हुन्छ भन्ने विचार आयो । त्यही भएर यो एप्स निर्माण गर्यौं ।’

उहाँका अनुसार जनवरी २०१७ बाट टुटल एप्सको सुरु भयो । सस्तो र छिटो हुने भएपछि हिजोआज टुटलको प्रयोग गरेर दैनिक दुई हजार यात्रुले सेवा लिइरहेका छन् ।टुटलका नियमित प्रयोगकर्ता अनिता राई भन्नुहुन्छ, “हामी जस्तो हिड्नुपर्ने मान्छेका लागि टुटल एकदमै राम्रो छ । सार्वजनिक गाडीमा जान समस्या र समयमा पनि नपुग्ने फेरि ट्याक्सी प्रयोग गर्न महँगो र जामको समस्या हुन्छ, उहाँ थप्नुहुन्छ, ‘टुटलको सेवा छिटो र सस्तो छ ।’आफ्नो साथीको माध्यमबाट एक वर्ष अघि टुटलबारे थाहा पाउनुभएका राईले दैनिक तीन–चार पटकसम्म टुटलको प्रयोग गर्दै आउनुभएको जानकारी दिनुभयो । यता बाइकर (बाइक चालक) उत्तम श्रेष्ठ टुटल एप्सले धेरै राहत पु¥याएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विहान १० बजे कार्यालय पुग्दा पनि दुईदेखि पाँच जना सम्मलाई लिफ्ट दिन्छु भने कार्यालय सकेपछि पनि बेलुका ९ बजेसम्म टुटलमा नै जोडिएको हुन्छ । मेरो पेट्रोल खर्चको साथै खाजा खर्च तथा घुम्न जाने खर्चको पनि जोहो हुन्छ ।

मासिक यति नै कमाउँछु भन्ने त छैन् आफूले जति काम ग¥यो त्यही अनुसार आम्दानी हुने हो श्रेष्ठ भन्नुहुन्छ, कम्तीमा पनि महिनाको १० देखि १५ हजार रुपियाँसम्म कमाई हुन्छ ।टुटलका धेरै प्रयोगकर्ताचाहिँ दृष्टिविहीन हुने श्रेष्ठको अनुभव छ । ‘ट्याक्सी महँगो हुने, सार्वजनिक यातायात डोर टू डोरमा सेवा नहुने,’ उहाँले भन्नुभयो, ‘त्यसको लागि विकल्प भने टुटल हुन्छ । ढोकाबाट ढोकामै पु¥याइदिने ।’ यसैले गर्दा पनि दृष्टिविहीनले टुटलको सेवा रुचाएको हो ।त्यसैगरी सेवा लिनेमा महिला पनि बढी भएको श्रेष्ठले जानकारी दिनुभयो । महिलाको लागि महिला चालक समेत टुटलले व्यवस्था गरेकोले यो धेरै लोकप्रिय भएको उहाँको अनुभव छ ।भट्टले टुटलमा अहिले सात हजार चालक जोडिइसकेका जानकारी दिदै भन्नुभयो–२५ सय चालक भने पूर्णकालीन रोजगार नै बनेका छन् । यसरी पूर्णकालीन रोजगार बन्नेले मसिक ४५ हजार रूपियाँसम्म कमाउने गरेका उहाँले जानकारी दिनुभयो ।टुटल यातायात कम्पनी नभएर प्रविधिको सहायताबाट गरिएको नयाँ सोचको व्यवसाय रहेको उहाँले बताउनुभयो । मोटरसाइकलमै ‘पेइङ लिफ्ट’ कल्चर विकास गर्न लाग्दा कानुन नै बाधक देखिएको छ ।कुनै पनि आविस्कार कानुन हेरेर हुँदैन, उहाँ थप्नुहुन्छ, ‘नयाँ कुरालाई कानुनले समेटेकै हुन्छ भन्ने छैन । हामी त्यसअनुसारको ब्यवस्था गर्न सरकारसँग पहल गरिरहेका छौं ।

के हो टुटल एप्स ?

टुटल एप्स काठमाडाँैंमा यात्रु र मोटरसाइकल तथा स्कुटी चालकलाई जोड्ने माध्यम हो । पैसा तिरेर मोटरसाइलकमा यात्रा गर्न चाहनेका लागि यो एप्स बनाइएको हो ।आफ्नो मोटरसाइकलमा यो सुविधा दिन चाहने र सेवा लिन चाहने दुबैले एप्स डाउनलोड गर्नुपर्छ । टुटल एप्सबाट सेवा लिन चाहेका बेला इन्टरनेटसँग जोडिएर आफू जाने रुटका मोटसाइकल चालकसँग सम्पर्क गराइदिन्छ ।यो सेवाका दिने लिने दुबैले टुटल एप्समा दर्ता हुनुपर्छ । एकपटक दर्ता भएपछि चाहेको बेला सेवा लिन र दिन सकिन्छ । टुटलमार्फत् बाइकमा यात्रा गर्दा न्यूनतम तीन किलोमिटरसम्म ६० रूपियाँ लाग्छ ।तीन देखि छ किलोमिटरसम्म प्रतिकिलोमिटर १८ रूपियाँ र त्योभन्दा बढी भएमा प्रति किमी २५ रूपियाँ लाग्छ । उपत्यकामा सञ्चालित यो सेवा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म चल्छ ।

यो सेवा दिएबापत चालकले ८० प्रतिशत रकम लिन्छ भने टुटलले २० प्रतिशत लिने गरेको छ । चालक र यात्रुले मोबाइल एप्समार्फत नै खाता खोलेर वालेट वा क्यास पेमेन्टबाटै कारोबार गर्न पनि सकिन्छ । भाडाको २० प्रतिशत रकम टुटल एप्सलाई तिनुपर्छ ।यातायात ब्यवस्था विभागले भने निजी सवारीले भाडा लिएर यात्रु बोक्नु अवैधानिक भनेको छ । विभागका सूचना अधिकारी गोकर्ण उपाध्यायले यातायात ब्यवस्था ऐनले एउटा प्रयोजनमा दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन नपाउने स्पष्ट ब्यवस्था गरिएको बताउनुभयो । उहाँ भन्नुहुन्छ, मलाई यसबारे त्यति जानकारी छैन । त्यसैले यो नै हो भन्न सकिदैन ।महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी मोहनकुमार थापाले टुटल प्रयोगकर्ताहरूमा कुनै हिंसा भएको उजुरी नभएको जानकारी दिदै भन्नुभयो–जाउलाखेलमा एउटा उजुरी परेको थियो तर काठमाडौँमा भने छैन

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्