Logo

मनछुने लाइनहरु [भाग-१]


केही मान्छे सुगन्धको जस्तै हुन्छन महसुस त हुन्छ तर देखिदैन । फुर्सद मिल्यो भने गल्तिहरुलाई माफ गरीदिनु, कसले जान्दछ कि सासको सिमा कहासम्म छ । जति ठूलो विरोध हुन्छ, त्यति नै तपाइको हिम्मत बढ्छ भने तब यो सम्झिनुस कि तपाईं सहि बाटोमा हुनुहुन्छ । सुन्दर वस्त्रले तपाइको व्यक्तित्वलाई अवस्य बदल्दछ तर सुन्दर व्यवहारले तपाइको सिङ्गो जिन्दगी बदलिदिन्छ । कसैलाइ यति धेरै महत्व दिनुहुदैन कि उसले हाम्रो अनुहारबाट `मुस्कान  खोसिदिओस ।  सज्जनमा भगवान हेर्नू सरल छ तर सबैमा भगवान देख्नेहरु दुर्लभ छन ।

अहंकार देखाएर कुनै सम्बन्ध तोड्नुभन्दा राम्रो हो कि माफी मागेर त्यो सम्बन्ध निभाइयोस । परीस्थिती अनुकुल होस नहोस तर दृष्टिकोण हमेशा हाम्रो स्पष्ट हुनुपर्दछ । ऐश्वर्यमा आनन्द मनाउ परन्तु दरीद्रतामा विचार गर । मान्छेलाई यदि उसको पैसा बाट अलग गरेर हेर्ने हो भने दुनियाँको सबै मान्छे बराबर हो । जीवनको “आरम्भ” आफू रोएर हुन्छ र जीवनको “अन्त्य” अरु रोएर हुन्छ, यो आरम्भ र अन्त्यको बिच भरपुर हाँस्यले भरीदिनुस । बस यहि जिन्दगी हो ।

मजाक एउटा धेरै गम्भीर चिज हो, यसले खुशी पनि दिन्छ भने सम्बन्ध पनि तोडीदिन्छ । कुनै पनि कुरामा ठोस निर्णय लिएर मात्र कदम चाल्नुहोला भावुकतामा बगेर होइन । हरेक सम्बन्धमा अमृत वर्षिने छ, शर्त यति मात्र छ कि झगडा गर्नुस तर षड्यन्त्र होइन । एउटा उत्कृष्ट मान्छे आफ्नो व्यवहारबाट चिनिन्छ, नत्र भने राम्रो कुरा त भित्तामा पनि लेखिएको हुन्छ । जिब्रोको वजन निकै कम हुन्छ र यसलाई धेरै कम मान्छेले सम्हाल्न सक्छन । केही मान्छे `मतलब´ को लागि सम्बन्ध बनाउने गर्छन , केही मान्छे सम्बन्धमा `मतलब´ खोज्ने गर्छन ।

मलाइ उचित शिक्षा पाउने अबसर मिलेन, उचित शिक्षाको अवसर फोर्ड मोटर कम्पनिको मालिकलाई पनि मिलेको थिएन । म धेरै विरामी छु , म भित्र रोगहरु धेरै छन, वर्जिन एयरलाइन्सको प्रमुखलाई पनि धेरै रोगहरु थियो , राष्ट्रपती रुजबेल्टको दुवै खुट्टा काम गर्दैन थियो । आज तपाई जहाँ हुनुहुन्छ र भोलि तपाई जहाँ हुनुहुनेछ , यसको लागि तपाई कोहि अरुलाई जिम्मेवारी ठहराउन सक्नुहुन्न । त्यसैले आजै चुनाब गर्नुस , सफलता या सपना चाहिन्छ कि खोक्रो बहाना ? बहाना बनाउने व्यक्ती आजसम्म सफल भएका छैनन ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्