सैन्य परेडमा हमला :२४ को मृत्यु
काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण भएको छ । आक्रमणमा परी २४ जनाको मृत्यु भएको छ । भने ५० जनाभन्दा बढी घाइते भएका छन् ।आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । सर्वसाधारण सैन्य परेड हेर्न गएका थिए ।
त्यआँको स्थानीय समयअनुसार बिहान ९ बजे भएको थियो र करिब १० मिनेटसम्म गोली चलेको थियो । चार जनाको संलग्नतामा आक्रमण भएको हनुमान छ ।
आक्रमणकारीले मञ्चमा आसिन सैन्य अधिकारीहरुलाई निशाना बनाएका थिए । हतियारधारी समूहले परेडका लागि बनाइएको मञ्च नजिकैको पार्कबाट गोली चलाए । आत्मरक्षाको क्रममा दुई जना आक्रमणकारी पनि मारिएका जनाइएको छ ।
सैन्य परेड इरान(इराक युद्धको शुरुआतको ३० औं वर्षगाँठको सम्झनामा आयोजना गरिएको थियो । आक्रमणमा सुन्नी अलगाववादीको संलग्नताको शंका गरिएको छ ।
तर आक्रमणको जिम्मा सरकार विरोधी समूहहरु अरब ग्रुप, अहवान नेशनल रेसिस्टेन्स र आईएस इस्लामिक स्टेट लगायतले लिएका छन् ।