• सधैँ दशैँको मुखमा ग्यास अभावको त्रास

काठमाडौं – उद्योगीले आफ्नो माग पूरा गर्न दबाब दिने उदेश्यले बर्सेनी दशैंअघि ग्यास अभावको सिर्जना गर्ने गरेका छन् ।

यसपटक पनि साताअघि पत्रकार सम्मेलन गरी ग्यास उद्योग संघले ग्यास ढुवानी गर्ने बुलेटको भाडादर नबढाए आपूर्तिमा समस्या हुने बताएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ ।

तत्काल भारतीय बुलेटधनीको मागअनुसार भाडादर समायोजन नभए दशैंतिहारजस्तो चाडपर्वमा ग्यासको हाहाकार हुन सक्ने संघको भनाइ छ ।

निगमले प्रतिसिलिन्डर उद्योगीलाई २८१.०५ रुपैयाँ दिँदै आएको छ । उद्योगीलाई एकमुष्ट यो रकम दिएर प्रतिसिलिन्डर १४ सयमा बेच्दा निगमलाई ३०९.७९ रुपैयाँ नोक्सान छ ।

उद्योगीले भनेजस्तो ढुवानी खर्च बढाइदिँदा उपभोक्ता मूल्य र निगमको नोक्सानी बढ्नेछ ।

उद्योगीले सात आठ बर्षदेखि हरेक दशैंअघि आन्दोलन गर्दै आएका छन् ।

  • खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन्।

बेलाबेलामा भारतीइ पक्षले त्यही पानी पनि बन्द गरिदिन्छ।

नेपालीलाई पानी दिएबापत एसएसबीले नेपालको बिजुली प्रयोग गरेको छ ।

गत चैतमा विधुत् महशुलका विषयमा विवाद हुँदा पानी दिन बन्द गरिदिएपछि कोईलाबास काकाकुल बनेको थियो ।

सभासद थारुका अनुसार करिव दुई सय घरपरिवार रहेको कोईलाबासमा अहिलेसम्म खानेपानीका लागि एउटा मात्रै बोरिङ छ ।

त्यही बोरिङ पनि गर्मीयाममा सुक्छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

  • धानमन्त्री कार्यालयविरुद्ध उजुरी घट्दै

काठमाडौं – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३/०७४ वर्षमा ५ सय ३० वटा उजुरी परेका थिए । गत वर्षको उजुरी संख्या ४ सय ४८ मात्र रहेको छ ।

कार्यालयले उजुरी संख्या घट्दै गएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर आएका उजुरीमा महाशाखाले जवाफ दिने गरेको थियो । महाशाखाका सहसचिव आलोकचन्द्र श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट आएका उजुरी र प्रश्नको प्रधानमन्त्री कार्यालयले समयभित्रै जवाफ पठाउने गरेको छ ।

महाशाखा प्रमुख नै छैनन्

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका ११ महाशाखा मध्ये २ महाशाखा प्रमुख बिहीन छ । कार्यालयका प्रवक्ता बिनोदबहादुर कुँवरका अनुसार ११ मध्ये २ वटा महाशाखामा प्रमुख छैनन ।

‘नयाँ विज्ञापन गर्नुपर्ने छ, केही दिनमा नै होला’ कुँवरले भने ‘ अरु समस्या त होइन तर प्रमुख नै नभएपछि अरुलाई कामको लोड बढेको छ ।’ संघका कर्मचारी प्रदेशतिर गएकाले पनि केही कर्मचारी अभाव रहेको कुँवरले जानकारी दिए ।

  • स्पेन दूतावासमा आर्थिक अनियमितता

काठमाडौं – स्पेनस्थित नेपाली दूतावासले सार्वजनिक खरिद प्रक्रिया लत्याउँदै दूतावासलाई आवश्यक पर्ने सामग्री खरिद गर्ने गरेको खुलासा भएको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

तेस्रो पक्ष बिमा नगरी सवारी खरिद गरेको दूतावासले ‘भिजिटिङ कार्ड’ र कार्यालयको ढोकामा राखिने ‘नेम प्लेट’ बनाउने खर्चसमेत पारदर्शी ढंगमा गरेको छैन । भिजिटिङ कार्ड र नेम प्लेट बनाउने खर्च गत आर्थिक वर्षमा निकासा भए पनि अहिलेसम्म त्यस्ता सामग्री तयार भएको छैन ।

दूतावास कर्मचारीसँग त्यहाँका नेपाली र अन्यले भिजिटिङ कार्ड माग्दा ‘कार्ड बन्ने प्रक्रियामा रहेकाले अहिले उपलब्ध गराउन सकिएन’ भन्ने जवाफ दिन्छन् ।