Logo

यसकारण ढल्यो ज्ञानेन्द्र शासन


  • प्रकाश कोइराला

 

  • भारतको साथ लिन नसक्नु

देशका अरू नेताले राजसंस्थालाई कसरी हेर्छन् थाहा छैन । म भनेँ, नेपालको राजसंस्थालाई देशको सार्वभौमसत्ता र स्वतन्त्रताको प्रतीकका रूपमा लिन्छु । राजसंस्था रहुन्जेल नेपालको स्वतन्त्रताको पूर्ण ग्यारेन्टी थियो । यो कुरा भारतले पचाएको थिएन । यसको दृष्टान्त पेस गर्न चाहन्छु । कांग्रेसी हुनका बाबजुद पनि पार्टीका केही नीतिमा असन्तुष्ट थिएँ । पार्टीमा नयाँ पुस्ताले अवसर पाउनुपर्छ भन्ने मेरो मान्यता थियो । त्यसका लागि म शैलजा आचार्य प्रधानमन्त्री हुनुपर्छ भन्ने पक्षमा थिएँ ।

यो कुरामा गिरिजाबाबु सहमत हुनुभएन । यदि, शैलजा नभएमा तारानाथ रानाभाट भए पनि हुनुपर्छ भन्ने अडान थियो । यसमा पनि गिरिजाबाबु सहमत हुनुभएन । पार्टीमा यस्तै कारणले म असन्तुष्ट थिएँ । फेरि, अर्को कुरा देशमा दलहरूबीच झगडा थियो । त्यो पनि मलाई मन परेको थिएन । यसैबीच ०६१ साल माघ १९ गते राजाको कदम आयो । त्यस बेला म भारतको मुम्बईमा थिएँ । व्यक्तिगत कामका लागि करिब तीन महिनाअघि नै त्यहाँ गएको थिएँ । मलाई त्यसको कुनै पत्तो थिएन । तैपनि, देशमा स्थायित्व आउने विश्वासका साथ खुसी भएँ । त्यो वेला हरेकजसो मूलधारका भारतीय पत्रिकाले राजामाथि प्रहार गर्न थाले । इन्डियन एक्सप्रेस, द हिन्दुस्तान टाइम्सजस्ता पत्रिकाले त राजा ज्ञानेन्द्रविरुद्ध सम्पादकीय नै लेखे ।
त्यस्तै, तत्कालीन विदेशसचिव श्यामशरणले त इन्डियन एक्सप्रेसमा लेखेका नै थिए, ‘नेपालका राजालाई हामीले हटाएका हौँ ।’ भारतले नेपालमा प्रत्यक्ष प्रभाव पार्न यहाँको स्थायी सत्ता ९राजसंस्था० हटाउन आवश्यक ठान्यो । उसलाई लाग्यो, ‘राजा ज्ञानेन्द्रले तीन वर्ष शासन गर्न पाए त हिरो भएर निस्कन्छन् ।’ यसैकारण उसले राजतन्त्र नै हटाउन चाहेको हो । राजा ज्ञानेन्द्रले पनि भारतलाई साथ लिन सक्नुभएन । यो उहाँको कमजोरी भयो ।

  • चीनलाई बुझाउन नसक्नु

नेपालमा परिवर्तित घटनाबारे सायद, राजा ज्ञानेन्द्रले चीनलाई बुझाउन सक्नुभएन कि के हो ऊ चुपचाप बस्यो । परिवर्तित सन्दर्भमा नेपाल र चीनबीचको सम्बन्धका बारे सबै बुझाउन सक्नुपथ्र्यो त्यो भएन भन्ने मलाई लाग्छ । मैले एकपटक भेट भएका वेला चिनियाँ राजदूतलाई चीनको मौनताका सन्दर्भमा कुरा कोट्याएको थिएँ । उनले आफूहरूको गल्ती स्विकारे ।

  • अमेरिकी भूमिका

तत्कालीन सरकारले गरेको सय दिनको कामकारबाहीको रेकर्डलाई अमेरिकी सरकारले ‘सुपर्ब’ भनेको थियो । आखिर अन्त्यमा उनीहरूले नै किन साथ दिएनन् त रु यो पनि एउटा गम्भीर प्रश्न हो । यसको उत्तर सहज छ । किनकि, नेपालमा राजतन्त्र गएका वेला अमेरिकाले भारतसँग ‘न्युक्लियर ड्रिल’ गरिरहेको थियो । त्यो भारतको नभएर अमेरिकी हितमा थियो । तसर्थ, त्यो सम्झौता जसरी भए पनि गराउन अमेरिकाले भारतलाई खुसी पार्नु थियो । त्यो नेपालमा राजतन्त्रको अन्त्य गर्ने सहकार्य थियो । जो अमेरिकाले ग(यो ।

  • अन्तर्राष्ट्रिय षड्यन्त्र थाहा नपाउनु

राजतन्त्र जानुअघि भारत, अमेरिका, बेलायतसँगै नर्वे, फिनल्यान्ड, डेनमार्कलगायत स्कान्डिनाभियन देशसहित सात देशका राजदूतहरूको ककनीमा छलफल हुने गरेको सूचना मसँग छ । उनीहरूले राजतन्त्र हटाएपछि नेपालमा कस्तो व्यवस्था ल्याउने भनेर बहस गर्ने गर्थे । अन्तर्राष्ट्रिय मुलुकहरूले नै राजतन्त्र हटाउने षड्यन्त्र गरेका रहेछन् । यो राजाले थाहा पाउनुभएन ।

  • कटवालको धोका

तत्कालीन शाही नेपाली सेना राज संस्थाप्रति बफादार हुँदै आइरहेको थियो । राजालाई आफूमाथि विभिन्न षड्यन्त्र भए पनि अन्तिममा सेनाले साथ दिन्छ भन्ने थियो । अन्ततः नेपाली सेना पनि भारतको पक्षमा गएको रहेछ । समग्रमा भन्दा कटवालजी (तत्कालीन प्रधानसेनापति रुक्मांगद कटवाल)को धोकाका कारण ज्ञानेन्द्र गद्दी छाड्न बाध्य हुनुभयो ।

  • माओवादी सेटलमेन्ट गर्नुपर्ने भएर

माओवादीलाई भारतले पालेको थियो । उनीहरूलाई उसैले हतियार दिन्थ्यो । अमेरिकाले जब माओवादीलाई आतंककारी घोषणा ग(यो । त्यसपछि त माओवादी भारतलाई नै घाँडो भइराखेको थियो । त्यसैले, उसले माओवादीको सेटलमेन्ट गर्नुथियो । त्यसका लागि राजतन्त्र हटाउन आवश्यक भयो । १२ बुँदे यसैको डिजाइन थियो ।

  • भारतपरस्त नेपाली मिडिया

नेपाली मिडिया भारत परस्त छन् । यहाँका सञ्चारमाध्यममा समेत भारतीय प्रभाव छ । जसकारण, राजा ज्ञानेन्द्रले गरेका राम्रा कदमको प्रचार भएन । उनीहरूले खाली नराम्रा कुरा मात्र प्रसारण गरे ।

  • सल्लाहकारको कमजोरी

राजा ज्ञानेन्द्रका सल्लाहकारहरूले उहाँलाई अन्तर्राष्ट्रिय परिस्थितिबारे अवगत गराएनन् । अहिले यस्तो किसि मको ध्रुविकरण छ भनेर जानकारी उनीहरूले दिनुपथ्र्यो । त्यो भएन ।

  • ज्ञानेन्द्र आफैँ राजा हुनु नै गल्ती

राजा वीरेन्द्रको हत्यापछि गिरिजाबाबु, माधव नेपाललगायत दलका नेताले ज्ञानेन्द्रलाई राजा बन्न प्रेसर दिए । सुरुमा त ज्ञानेन्द्रले मान्नुभएको थिएन । किनकि, उहाँ त्यो रोलक्रममा हुनुहुन्नथ्यो । उहाँ त एउटा व्यापारी हुनुहुन्थ्यो । तर, उनी ९दल०हरूलाई ०४७ सालको संविधान बचाउनु थियो । अन्ततः ज्ञानेन्द्र आफैँ राजा बन्न तयार हुनुभयो । यदि, त्यसवेला ज्ञानेन्द्रले राजाका रूपमा अरू कसैलाई अघि सारेको भए राजतन्त्रमाथि षड्यन्त्र हुने थिएन कि । एकातिर अन्तर्राष्ट्रिय शक्ति अर्कोतर्फ दलका नेताहरूले राजालाई एक्ल्याए । अन्तिममा उहाँलाई साथ दिने कोही भएनन् । आफ्नो कार्यकालमा गरिएका राम्रा काम पनि उहाँले बाहिर ल्याउन सक्नुभएन । नयाँपत्रिकाबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्