‘छक्कापन्जा’ ट्रेलरलार्इ १२ घन्टामै तीन लाख भ्युज !
काठमाडाैं/ फिल्म ‘छक्कापन्जा ३’प्रति दर्शककाे काैतुहलता राम्रै देखियाे । शनिबार रिलिज गरिएकाे ट्रेलरले पाएकाे रेस्पाेन्स नै यसकाे प्रमाण हाे । बिहान ८ बजे युट्युबमा रिलिज गरिएकाे ट्रेलरकाे भ्युज बेलुका ८ बजेसम्म अर्थात् १२ घन्टामा लगभग तीन लाख पुगेकाे छ ।
बुस्ट नगरीकनै ट्रेलरकाे भ्युज हिट भएकाेमा निर्माता तथा कलाकार दीपकराज गिरी दंग छन् । ‘हाम्राे फिल्मलार्इ दर्शकले कतिकाे पर्खिरहेकाे छ, त्याे बुझ्न पनि हामीले सुरूमै ट्रेलरलार्इ बुस्ट नगरेका हाैं,’ उनले थपे, ‘यसअघि पनि छक्कापन्जा २ काे ट्रेलरले २४ घन्टामा ४-५ लाख भ्युज पाएकाे थियाे, त्यसैले हामी एकहिसाबले खुसी पनि छाैं र त्यति अाश्चर्यमा पनि छैनाैं ।’
दीपाश्री निराैलाद्वारा निर्देशित फिल्म घटस्थापना अर्थात् असाेज २४ मा रिलिज हुने भएकाे छ । यसअघि फिल्मकाे रिलिज डेट टुंगाे लागेकाे थिएन । सिर्फ दशैंमा मात्र अाउने भनिएकाे थियाे ।
अशाेक शर्माकाे फिल्म ‘जय भाेले’सँग पनि याे नजुध्ने भएकाे छ । ‘जय भाेले’ फूलपातीमा अर्थात् असाेज ३० मा चल्ने भएकाे छ । शर्मासँगकाे सहमति अनुसार नै अाफूहरू घटस्थापनामा अाउन लागेकाे दीपकले बताए । केही दिनअघिसम्म पनि दुइटै फिल्म एकै दिन चल्ने कुरा थियाे । शुक्रबार रातिमात्र दुर्इ पक्षबीच सहमति भएकाे हाे । यद्यपि निर्माता निर्देशक शर्माले ‘जय भाेले’काे रिलिज डेट अाैपचारिक रूपमा घाेषणा गर्न बाँकी नै छ ।
‘छक्कापन्जा ३’मा यसपालि कमेडीसहित सरकारी शिक्षा प्रणालीकाे विषय पनि उठाइएकाे निर्देशक दीपाश्रीले बताइन् । ‘मनाेरञ्जनका साथै केही सामाजिक सन्देश पनि बाेक्नुपर्छ भन्नेमा हामी पुगेका छाैं,’ उनले भनिन् ।
फिल्ममा दीपकराज, दीपिका प्रसार्इं, माग्ने बुढा, जितु नेपाल, शिवहरि पाैडेल, किरण केसी, नीर शाह, विल्सनविक्रम रार्इ, बुद्धि तामाङ, जयनन्द लामा, शिरीष बाङ्देल, लक्ष्मी गिरी लगायतकाे मुख्य भूमिका रहेकाे छ ।