Logo

सहज जितसंगै लिभरपुल शीर्षमा


एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले लगातार छैटौं जित हासिल गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ३ – ० ले हराएर लिभरपुलले शतप्रतिशत जितलाई कायम राखेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन जोएल माटीप र मोहमद सलाहले एक एक गोल गरे । लिभरपुलले एक आत्मघाती गोलको उपहार पाएको थियो । साउथह्याम्पटनका वेस्ली होएड्ले आत्मघाती गोल गरे ।

एनफिल्डमा लिभरपुलले वेस्लीको आत्मघाती गोलबाट दशौं मिनेटमा सुरुवाती अग्रता बनाएको थियो । खेलको २१ औं मिनेटमा माटीपले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ४५ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३ – ० को सहज जित दिलाए ।

जितसंगै लिभरपुल ६ खेलबाट १८ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । लिभरपुलले म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो । पराजित साउथह्याम्पटन ५ अंक जोडेर लिगको १४ औं स्थानमा छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्