नयाँ युवा संगठनको एकतासँगै नयाँ कार्ययोजना-रमेश पौडेल
मान्सुङ चाम्लिङ
नेपाल कम्युनिष्ट पार्टीको निर्माणसँगै अन्य सहायक र भातृ संस्थाहरु नया संगठन निर्माण प्रक्रियामा छ । दुवै दलका युवा अध्यक्षहरुलाई नयाँ संगठन निर्माणको लागी जिम्मेवारी दिएको छ । एकता प्रक्रिया अन्तिम चरणमा रहेको बताए । माक्र्सले परिकल्पना गरेको साम्यवाद सर्वप्रथम समाजवादबाट नै संभव हुने हुनाले समाजवादको सुरुवात युवाहरुले गर्न जरुरी छ । युवाको सवाललाई लक्षित गरेर सम्बोधन गर्ने निकायको रुपमा युवा मन्त्रालयनै रहेको हुनाले युवा मन्त्रालयले ल्याएको कार्ययोजनालाई आत्मसाथ गर्दै थप नया कार्ययोजना ल्याउन आवश्यक छ । यसबारेमा आफु सचेत र तयार रहेको पौडेलले बताए ।
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवालई राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदुुत तथा परिवर्तनका संवाहक शक्ति मानिन्छ । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवाशक्ति राष्ट्र निमार्णको प्रमुख माध्यम पनी हो । तैपनि यिनले पर्याप्त अवसर नपाउँदा मुलुकले अपेक्षित लाभ लिन सकेको छैन । यसै कुरालाई ध्यानमा राखी राष्ट्रिय युवा नीति २०६६, संशोधित २०७२ र युथ भिजन(२०२५ कार्यान्वयन गर्न कार्ययोजना तर्जुमा भएको छ । युवा नीति र दशवर्षे युथ भिजनको लक्ष्य हासिल गर्न यो कार्ययोजना ल्याइएको हो । कार्ययोजनामा युवा विकासका लागि युवा उद्यम, शैक्षिक प्रमाणपत्रका आधरमा ऋण, विप्रषण लगानी, युवा क्लब गठन र स्वयंसेवक परिचालन, खेलकुद विकास, नेतृत्व विकास, युवा बचाउ कार्यक्रम र पुनःस्थापना केन्द्र स्थापना लगायतका कार्यक्रम समावेश गरिएका छन् । यसमा केन्द्र, प्रदेश र स्थापना तहसम्मको भूमिकामा जोड दिइएको छ ।
१५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको बहुआयामिक विकासको अवस्थालाई विश्लेषण गरेर तयार पारिएको युवा विकास सूचकाङ्क (२०१६)मा विश्वका १८३ मुलुकमध्ये नेपाल ७७ औँ स्थानमा छ । यसले नेपाललाई युवा विकासको मध्यम स्तरमै राखेको छ र चीन (११८), भारत (१३३), बङ्गलादेश (१४६) र पाकिस्तान (१५४) औँ स्थानको तुलनामा राम्रो अवस्था दर्शाएको छ । राष्ट्रिय युवा निती र राष्ट्रिय युवा परिषद् ऐनले १६ वर्षदेखि ४० वर्षसम्मको समूहलाई युवा मानेको छ । यस आधारमा राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कअनुसार यो समूहमा कुल जनस्ङ्ख्याको ४०.३५ प्रतिशत जनसङ्ख्या रहेको छ । जनसङ्ख्याको ठुलो हिस्सा यो उमेर समूहकै रहे पनि मुलुकले त्यसबाट प्राप्त हुने जनसाङ्ख्यिक लाभांश भने लिन सकिरहेको छैन । यसो हुनुमा युवामा गुणस्तरीय, रोजगारमूलक शिक्षाको अभाव, व्यावसायिक सीप र प्रविधिमा न्यून पहुँच, बेरोजगारी र अर्धबेरोजगारी, युवा पलायन, कमजोर स्वास्थ्य, पोषण र मनोबल, युवामैत्री लगानी र उधमशील वातावरणको अभाव, लैङ्गिक, क्षेत्रीय, जातीय असमानता आदि नेपाली युवाका प्रमुख समस्या हून् ।
प्रतिवर्ष पाँच लाख व्यक्ति श्रम बजारमा प्रवेश गरिरहेको अवस्थामा मुलुकभित्र रोजगारीका यथेष्ट अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमै निर्भर रहनुपर्ने अवस्था छ । हाल करिब ४३ लाख युवा औपचारिक र अनौपचारिक माध्यमबाट वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये करिब ७५ प्रतिशत अदक्ष कामदार छन् । यसले गर्दा उनीहरुको आम्दानी निकै कम छ । युवा अर्धबेरोजगारीको दर करिब ३६ प्रतिशत छ । युवासँग सम्बन्धित विषयलाई सम्बोधन गर्न राजनीतिक र सामाजिक दुवै क्षेत्रबाट आवाज उठाउने गरिएको भए पनि यो पर्याप्त भएको देखिँदैन । यसकारण युवाहरुको सवाल राज्यमा स्थापित गर्न र नेपाली युवाहरुलाई नेपालमा नै कारिन्दाको रुपमा स्थापित गर्न अबको युवा संस्था तयार हुनु पर्दछ । यसको लागी आफुले १५ वर्षे युवा विकास रणनीति तयार गरिसकेको पौडेलले बताए ।
मुलुक सङ्घीय संरचनामा गइसकेको अवस्थामा युवाको भूमिका केन्द्रदेखि स्थानयि स्तरसम्म नै स्पष्ट हुनुपर्छ । युवालाई राष्ट्र विकासको मुख्य संवाहक शक्तिका रुपमा स्वीकार गरिएको छ । मुलुक आर्थिक विकास र समृद्धितर्फ अग्रसर भएको अवस्थामा युवाको महत्व र भूमिका महत्वपूर्ण छ । युवा पलायन रोक्ने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने, गुणस्तरीय र सुलभ शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने, युवाको उद्यमशीलता विकास गर्ने लगायतमा जोड दिन आवश्यक छ । युवाको क्षमता विकास र राष्ट्र उत्थानमा अवसर दिन प्रशस्त लगानी गर्न आवश्यक छ । यसकारण विगत १५ वर्षेको युवा क्षेत्रको लामो अनुभवले अबको नयाँ युवा स्ांस्थामा आफ्नो रणनीतिलाई कार्यन्वयन गर्न तयार रहेको र युवालाई सही रुपमा कार्यान्वयन गर्ने लक्ष्य रहेको युवा एकता कार्यदलका सदस्य पौडेलले बताए । कम्युनिष्ट पार्टीको युवा संगठनहरु एकताको अन्तिम चरण पुगिसकेको तथा युवाहरुलाई सही रुपमा कार्यान्वयन र कार्यदिशा समेत दिनको लागी रणनीति तयार गरिसेको पौडेललाई अग्रिम सुशकामना छ । उहाँले युवा संगठन एकतासँगै संगठनलाई सही दिसामा दिसा निर्देश गर्न सकोस । आम नेपाली युवाहरुलाई नेपालमै भरपुर व्यवस्थापन गर्न सकियोस कामना छ ।