दान-सञ्जिव राई
सञ्जिव राई
दु:खले माग्यो
र दिएँ मेरा आँखाहरू
अनि त मसंग रिसाए
संसारका सारा सुखद दृष्यहरू
अँध्यारो राखेर आफ्नोलागि
भएभरका उज्यालो जम्मै दिएँ दु:खलाई
रङ्ग माग्यो
ईन्द्रेणीनै दिइपठाएँ
स्वप्न माग्य
खुशी माग्यो
रहरहरू माग्यो
सबैसबै दिएँ, दिंदै गएँ
र अन्त्यमा जीवनपनि माग्यो
नाईं भन्न सकिनँ
प्रेमको भेष धारण गरेर
भिक्षा माग्न आएको जोगी दुःखलाई
खाली हात कसोरी रित्तै पठाउन सक्थें र म?
psjtv.comबाट लिएको हो ।
https://www.youtube.com/watch?v=8n0O5Irn8Bk