बालककाे मृत्यु पछि अस्पतालमा तनाव
राजविराज — सर्प दंशकाे उपचारका लागि ल्याएका बालककाे मृत्यु भएपछि सप्तरीस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तनावग्रस्त बनेको छ ।
रुपनी गाउँपालिका–६ का अशोक साहका दुई वर्षीय छोरा आरभ साहलाई सर्पले टोकेपछि शुक्रबार साँझ अस्पताल लगिएको थियो। अस्पताल पुगे लगत्तै चिकित्सकले बालकलाई मृत घोषणा गरेर शव गृहमा राखेका थिए।
शनिबार दिउँसाे बालकका अाफन्तले शव हेर्न पाउनु पर्ने माग गरेका थिए । अस्पतालले शव नदेखाए पछि अाक्राेशित अाफन्तहरुले शव गृह ताेडेर बालक जिउँदाे रहेकाे दाबी गरेका थिए ।
चिकित्सकले अस्पताल ल्याउँदै बालक मृत रहेकाे दाबी बताउँदै अाएका छन् । अाफन्तले बालककाे मृत्यु पछि भएकाे दाबी गर्दै अाएका छन् । अहिले अस्पताल तनावग्रस्त बनेकाे छ ।
(सच्याइएकाे: ती बालकका अाफन्तकाे भनाइका अाधारमायसअघिकाे समाचारमा बालक जिवित रहेकाेप्रकाशित भएकाेले भूल सुधार गरिएकाे छ ।)
www.kantipurdaily.com बाट साभार गरिएको हो ।