Logo

प्रिमियर लिग : लिभरपुलको लक्ष्य शतप्रतिशत जित, सिटी र युनाइटेडको प्रतिद्वन्द्वी को ?


एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न आठ खेलहरु संचालन हुँदैछ । प्रिमियर लिगमा आज तीन छुट्टाछुट्टै समयमा आठ खेलहरु हुनेछन् ।

प्रिमियर लिगमा साबिकको विजेता म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र टोटेनहमले आजै प्रतिस्पर्धा गर्नेछन् ।

आज हुने पहिलो खेलमा फुलहम र वाट्फोर्डले प्रतिस्पर्धा गर्नेछन् । खेल नेपाली समय अनुसार बेलुका ५:१५ मा सुरु हुनेछ ।

प्रिमियर लिगमा शतप्रतिशत जित निकालिरहेको लिभरपुलले साउथह्याम्पटनसंग घरेलु मैदानमा खेल्दैछ ।दुई टोलीबीचको खेल बेलुका ७:४५ मा सुरु हुनेछ ।

अघिल्ला पाँच खेलमा ५ जितसहित १५ अंक जोडेको लिभरपुल अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ ।

लिभरपुल लिगको दोस्रो स्थानमा छ । यसै साता च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई हराएको लिभरपुल उच्च मनोबलका साथ मैदान उत्रनेछ ।

यता, पाँच खेलमा एक मात्र जित निकाल्न सफल साउथह्याम्पटन दोस्रो जितको खोजीमा हुनेछ । तर, उच्च लयमा रहेको लिभरपुलविरुद्ध साउथह्याम्पटनलाई खेल फलामको चिउरा सरह हुनेछ ।

यस्तै साबिकको विजेता सिटीले कार्डिफसंग उसैको मैदानमा खेल्नेछ । च्याम्पियन्स लिगमा लियोनसंग स्तब्ध सिटी कार्फिडलाई हराएर हारको पीडा भुल्न चाहन्छ । सिटी पाँच खेलबाट १३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई बीचको खेल बेलुका ७:४५ मा हुनेछ ।

त्यस्तै युनाइटेडले घरेलु मैदानमा वुल्भ्ससंग खेल्दैछ । वुल्भ्सविरुद्ध मैदान उत्रदा युनाइटेड जितसहित शीर्ष स्थानको होडमा पुग्ने लक्ष्यमा हुनेछ ।

आठौं स्थानमा रहेको युनाइटेडको ९ अंक छ । नवौं स्थानमा रहेको वुल्भ्सको ८ अंक छ । दुई बीचको खेल बेलुका ७:४५ मा सुरु हुनेछ ।

टोटेनहमले आजै ब्राइटनको सामना गर्दैछ । ब्राइटनको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १०:१५ मा सुरु हुनेछ ।

प्रिमियर लिग अन्तर्गत आज हुने अन्य खेलमा बर्नेलीले बर्नेमाउथ, क्रिस्टल प्यालेसले न्युकासल युनाइटेड र लेष्टर सिटीले हडर्सफिल्डविरुद्ध खेल्नेछ । यी तीनै खेल बेलुका ७:४५ मा सुरु हुनेछ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्