Logo

भर्खरै औषधि भण्डारगृहमा गोली चल्यो : ४ जनाको मृत्यु !


रिल्याण्ड । अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि भण्डारगृहमा कार्यरत एक महिलाले आफ्नै सहकर्मीहरुमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । ती गोली चलाउने महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । औषधिको गोदामघरमा सहकर्मीबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । उक्त घटनामा अरु तीनजना गम्भीर रुपमा घाइते भएको बताइएको छ ।

स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीन जनाको मृत्यु भएको र केही घाइते भएको जनाइएको छ । प्रहरीले उक्त गोलीकाण्डको मुख्य कारणबारे अनुसन्धान भइरहेको जनाएको छ । ती महिला स्वयँले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पष्ट गरेको छ ।

यो दुई दिनभित्रै अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकाण्ड हो । बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँदा तीन जना गम्भीर घाइते भएका थिए भने पेन्सिलभेनियामा भएको एक अर्को घटनामा एक व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्