Logo

आधुनिक विश्वका सात आश्चर्यहरू


 

विश्वका २०० वटा विद्यमान प्राचिन स्मारकहरू मध्येबाट आश्चर्यहरूको रूपमा छानिएका सात स्मारकहरू : 

 


 

  • चिचेन इट्जा   : 

चिचेन इट्जा कोलम्बस पूर्वको युगमा माया सभ्यताका मनिसहरूले निर्माण गरेको सहर हो। यो हाल मेक्सिकोको युकाटान राज्यको टिनुम नगरपालिकामा अवस्थित छ।

  • क्राइस्ट द रिडिमर :

क्राइस्ट द रिडीमर ब्राजिलको राजधानी शहर रियो दी जेनेरियोमा अवस्थित क्राइष्टको मुर्ति हो जसलाई संसारको दोश्रो सबैभन्दा ठुलो आर्ट डेको स्ट्याच्यु मानिन्छ । यो प्रतिमा ३० मिटर (९९८ फिट) अग्लो तथा यस प्रतिमाको हातको लम्बाई २८ मिटर (९९२ फिट) रहेको छ । यसको तौल ६३५ टन रहेको छ र यो प्रतिमा ७०० मिटर (९२३०० फिट) को उचाईंमा तिजुका फोरेस्ट नेशनल पार्कमा में कोर्कोवाडो सिखरको चुचुरोमा अवस्थित छ जहाँ देखि शहर पुरै देखिन्छ । यो विश्वमा आफ्नो किसिमको सबैभन्दा अग्लो मूर्तिहरु मध्ये एक हो । बोलिभियाको कोचाबम्बामा स्थित क्राइस्टो डी ला कोनकोर्डियाको प्रतिमा यो भन्दा अग्लो छ ० । ईसाई धर्मको एउटा प्रतीकको रूपमा यो प्रतिमा रियो र ब्राजिलको एउटा नमुना बनेको छ । यो प्रतिमा मजबुत कंक्रिट तथा सोपस्टोनबाट बनाईएको छ, यसको निर्माण सन् १९२२ देखि सन् १९३१ को मध्यमा गरिएको थियो

  • कोलोसियम : 

कोलोसियम इटालीको राजधानी सहर रोमको मध्य भागमा अवस्थित रंगशाला हो । यसको निर्माण रोमन साम्राज्य विस्तारको समयमा भएको थियो ।

  • चीनको विशाल पर्खाल 

चीनको विशाल पर्खाल माटो र ढुंगाबाट बनेको एउटा किलानुमा पर्खाल हो जसलाई चीनको विभिन्न शासकहरूद्वारा उत्तरी शत्रुहरूबाट रक्षाको लागि ईसा पूर्व पाँचौँ शताब्दी देखि सोह्रौँ शताब्दी सम्म बनाईयो । कयों पर्खालहरूको सामूहिक रूपले यस महान पर्खालको पुनर्निर्माण गरिएको छ । यसको विशालताको अनुमान यसै कुराबाट लगाउन सकिन्छ कि यस मानव निर्मित ढाँचालाई अन्तरिक्षबाट पनि हेर्न मिल्छ ।

  • माचू पिचू :

माचू पिचू १५औं सताब्दीमा कोलम्बियन पूर्वको युगको इन्का साम्राज्यको एक महत्वपूर्ण स्थान थियो । माचू पिचूको शाब्दिक अर्थ पुरानो पहाड भन्ने हुन्छ । यो स्थान समुद्र सतहबाट करिब २४३० मीटर (९७९७० फीट) उचाइमा अवस्थित छ । माचू पिचू पेरूको उरुबाम्बा उपत्यका माथि कस्कोबाट करिब ८० किलोमीटर ९५० मील उत्तरपश्चिममा रहेको एक पर्वत श्रृङ्खलामा अवस्थित छ । र यहि स्थान हुँदै उरुबाम्बा नदी बहन्छ । धेरैजसो पुरातत्वविदहरू माचू पिचू इन्का सम्राट को लागि निर्माण गरिएको हो भन्ने कुरामा सहमत छन ।

  • पेत्रा :

पेत्रा जोर्डनको ऐतिहासिक तथा पुरातात्विक महत्वको सहर हो । यो सहर चट्टानमा कुँदिएका कलाकृति तथा तत्कालिन समयमा जल प्रवाहका लागि निर्माण गरिएका सुरुङहरूका लागि प्रख्यात छ । यशुको जन्मभन्दा करीब ६०० बर्ष पहिले नबाताइन्स राज्यको राजधानी सहरको रूपमा स्थापना भएको मानिन्छ । पेत्रा जोर्डनको पहिचान मात्र नभएर सबैभन्दा बढी पर्यटकहरूले भ्रमण गर्ने स्थान पनि हो । सन् १९८५मा पेत्रा सहरलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सूचिकृत गरेको छ । स्विस खोजकर्ता जोहान लडविङ बर्खार्डले सन् १८१२मा विश्वमाझ परिचित गराउनु पूर्व यो सहर पश्चिमाहरूको लागि अज्ञात थियो । युनेस्कोले सम्पूर्ण मानव समुदायको बहुमुल्य सांस्कृतिक सम्पदाहरूमध्ये एक सांस्कृतिक धरोहरूको रूपमा ब्याख्या गरेको छ ।

  • ताजमहल :

ताज महल भारतको आगरा शहरमा स्थित एक समाधिस्थल हो । यसको निर्माण मुगलसम्राट शाहजहाँले, आफ्नो स्वास्नी मुमताज महलको सम्झनामा गराए । ताज महल मुगल वास्तुकलाको उत्कृष्ट नमूना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा, ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै, यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरू मध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । ताजमहल भवन समूहको संरचनाको खास कुरा छ, कि यो पूर्णतया समतिताकार छ । यसको निर्माण सन १६४८को लगभगमा पुरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजायनकर्ता मानिन्छ।

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्