Logo

आजको छापा खबर


  • प्रधानमन्त्रीलाई भाजपा नेताको चिठ्ठीः ‘त्रिभुवन विमानस्थल खतराको सूचीमा छ’

काठमाडौं – भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जौलीले नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थल खतरनाक भएको भन्दै नेपालका प्रधानमन्त्रीलाई आफूले चिठ्ठी लेखेको एक पत्रमर्फत खुलासा गरेका छन् । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार समेत रहेका जौलीले नेपालको हवाई मैदानका कारण ठूला दूर्घटना भएको र यस बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणलाई पटकपटक जानकारी गराउँदा समेत बेवास्ता गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले चिठ्ठी लेखेर काठमाडौं एयरपोर्टको बारेमा जानकारी गराएको भन्दै विवादास्पद विज्ञप्ति सार्वजनिक गरेको छ ।

हिन्दी र अग्रेजी भाषामा प्रकाशित विज्ञप्तिमा त्रिभुवन विमानस्थलको खराब मैदानका कारण यूएस बंगालको विमान दुर्घटना भई ४९ जना यात्रु मरिएको र टर्किस एयरलाइन्सको विमान दुर्घटना भएको भन्दै नेपालमाथि गम्भीर आरोप लगाइएको छ ।

जौलीले जारी गरेको विज्ञप्तिमा २०१२ सालमा बनेको विमानस्थल ६३ बर्ष बितिसक्दा एकपटक पनि मर्मत नभएको कारण जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुने चेतावनी दिँदा पनि नेपालको नागरिक उड्डयन प्राधिकरणको आँखा खुल्न नसकेको आरोपसमेत लगाइएको छ ।

  •  जौलीको भनाइमा सत्यता नभएको प्राधिकरणको भनाइ

भारतीय जनता पार्टीका नेता विजय जौलीले नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको बारेमा दिएको अभिव्यक्तिलाई नेपाली अधिकारीहरुले खण्डन गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले भारतीय नेता जौलीले ६३ बर्षदेखि त्रिभुवन विमानस्थलमा केही नगरिएको भन्ने कुराम कुनै सत्यता नभएको र धावनमार्गको नियमित मर्मत सम्भार, विस्तार काम भइरहेको बताएका छन् ।

उनले यस विषयमा अरु थप केही नबोल्ने तथा आफूलाई पत्रको बारेमा कुनै किसिमको जानकारी नभएको समेत बताए । यस सम्बन्धमा आएका टीकाटिप्पणी पढेर मात्र बोल्ने उनले बताए । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको छ ।

  • वादी विद्यार्थी भन्छन्, ‘विद्यालय गयो भने खान पुग्दैन’

दार्चुला – नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना ।  उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । आजको राजधनी दैनिकम समाचार छापिएको छ ।

उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’
नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।

सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहुँचमा छैनन् ।

दार्चुला – नदी किनारमा बालुवा छान्दै गर्दा भेटिन्छन्, दार्चुला शैल्यशिखर नगरपालिका–९ का ११ वर्षीय नमराज राना ।  उनी मुस्किलले कक्षा २ मा पुगेका छन् । निरन्तर कक्षा एकमा अनुत्र्तीण हुँदै आएका रानालाई गत वर्ष कक्षा स्तरोन्नति गरिएको हो । विद्यालय गएर किताब पढ्नुभन्दा पनि घरको कामले उनलाई बढी प्रेरित गरेको छ । आजको राजधनी दैनिकम समाचार छापिएको छ ।

उनी अहिले पनि नियमित विद्यालय जाँदैनन् । ‘विद्यालय गयो भने मेरो घरमा बिहान र बेलुकी खान पुग्दैन,’ उनले भने, ‘घरमा इजा (आमा) मात्रै छन् । अहिले विद्यालय जान मन लाग्दैन । काममै ठीक छु ।’
नेपालको संविधानले सबैलाई निःशुल्क आधारभूत र अनिवार्य शिक्षाको व्यवस्था गरेको छ । शिक्षा, स्वास्थ्य र पोषण पाउनु सबै बालबालिकाको मौलिक हक एवं नैसर्गिक अधिकार हो ।

सरकारले पछिल्लो समय ‘हामी सबैको इच्छा, अनिवार्य र आधारभूत निःशुल्क शिक्षा’ मूल नारा एवं ‘एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुँचको सुनिश्चितता सिकाइको स्थायित्व’ नाराका साथ विद्यार्थी भर्ना विशेष अभियान देशव्यापी रूपमा सञ्चालन गरेको छ । तर, वादी समुदायका अधिकांश बालबालिका निःशुल्क आधारभूत शिक्षाको पहुँचमा छैनन् ।

  • नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।

नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो ।प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२÷१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । ने क पाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो ।

सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन÷तीन जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।

  • नगरपालिका कार्यालयमै मेयरले हेर्छन शिक्षकको हाजिरी

खोटाङ – भदौ १ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित भए । नगरपालिकाबाटै निगरनी हुने गरी जडान गरिएको ई हाजीरीका माध्यमबाट विद्यालयमा एकैसाथ तीन शिक्षक अनुपस्थित देखिएपछि मेयर दिपनारायण रिजलले तत्काल फोन गरेर शिक्षकको अनुपस्थितिबारे सोधखोज गरे ।

तर विद्यालयका प्रधानाध्यापकबाट कोही पनि शिक्षक बिदामा नबसेको जवाफ आयो । मेयर रिजालले नामै उल्लेख गरेर तीन शिक्षक अनुपस्थित रहेको देखिएको बताएपछि भने ती शिक्षक विद्यालयमा नआएको पुष्टि भयो । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

विद्यालयलयमा शिक्षकको उपस्थितिलाई नियमित गर्न दिक्तेल रुपाकोट मझुवागढी नगरपलिकाले अनलइनमार्फत शिक्षकको ई हाजीरी ट्रयाकिङ सुरु गरेपछि विद्यालय अए नआएको थाहा पाउन सहज भएको छ ।

  • १३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव

काठमाडौं – काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले । ती छात्रा उनको अनुरोध स्वीकार्न थालिन् । उनीहरूले एकापसमा फेसबुकबाट अश्लील कुराकानी तथा अन्तरंग दृश्य आदानप्रदान गर्न थाले । एक दिन ती छात्राका बुवाले छोरीको गतिविधि सबै थाहा पाए । त्यसपछि ती अभिभावक छाँगाबाट खसेजस्तै भए। त्यसको कारण थियो— १३ वर्षीया छोरीको ब्वाइफ्रेन्डसँगको अश्लील कुराकानी र तस्बिर सेयरिङ । उनले छोरीले चलाउने मोबाइल मात्रै खोसेनन्, विद्यालयसमेत परिवर्तन गरिदिए।

अभिभावकका कारण सम्बन्ध तोडिएपछि ती छात्रले प्रेमिकासँग भएका अन्तरंग तस्बिर फेसबुकबाट उनको अभिभावकको फेसबुकमा ट्याग गरिदिए। तस्बिर सार्वजनिक भएपछि ती छात्राका बुवा महानगरीय प्रहरी अपराध महाशाखामा छोरीलाई लिएर उजुरी गर्न पुगे । महाशाखाले यस विषयमा आवश्यक छानबिन गरिरहेको जनाएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ ।

अचेल बालबालिकाले सामाजिक सञ्जालको गलत प्रयोगका कारण उन्पन्न समस्या लिएर आउने अभिभावकको संख्या बढेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ। महाशाखाअन्तर्गतको मुद्दा फाँटका प्रहरी निरीक्षक लीलाराज डाँगी बालबालिकामा सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको बताउँछन् । ‘सामाजिक सञ्जाल दुरुपयोगको सिकार बालबालिका र युवती भएका छन्,’ उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोगबाट हुने अपराध न्यूनीकरण नगर्ने हो भने समाजमा भयावह स्थिति आउनेछ।’

 


 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्