Logo

फाइनलमा एपीएफ र प्रदेश ४ भिड्ने


काठमाडौं । राजधानीमा जारी पाँचौ ढोरपाटन एम–१५० राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि नेपाल एपीएफ र प्रदेश ४ ले प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाईनल खेलमा एपीएफले गिताञ्जली कलेजलाई ३–० को सोझो सेटमा हरायो । पहिलो र दोश्रो प्रतिस्पधात्मक क्वाटरमा एपीएफले २५–२० र २५–२१ ले आफ्नो पक्षमा पार्यो भने तेश्रो क्वाटर २५–१४ ले जित्दै फाईनलमा स्थान सुरक्षित गर्यो ।

नयाँ बसपार्क्स्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको दोश्रो सेमिफाईनल खेलमा प्रदेश ४ ले ढोरपाटन क्लबलाई ३–१ को सेटमा हरायो । प्रदेश ४ ले पहिलो खेल २३–२५ ले गुमाए पनि लगातार तीनै सेट २५–१५,२५–१९ र २५–२० ले आफ्नो पक्षमा पादै एपीएफसँग उपाधि भिड्न्त पक्का गरेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्