अमेरिकाको गोलीकाण्डमा चार जनाको मृत्यु
अमेरिकाको मेरिल्यान्डस्थित एक औषधि गृहमा कार्यरत महिलाले आफ्नै सहकर्मी साथीमाथि अन्धाधुन्ध गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । गोली चलाउने महिलाले आफै आत्महत्या गरेका छन् ।
औषधिको गोदाम घरमा सहकर्मीबीच विवाद बढ्दै गएपछि बिहीबार बिहान गोली चलेको थियो । घटनामा तीन जना गम्भीर घाइते भएका छन् । स्थानीय प्रहरी अधिकारी जेफ्री गाहलरले बाल्टीमोर निवासी स्नोचिया मोसेलीले चलाएको अन्धाधुन्ध गोलीबाट तीन जनाको मृत्यु भएको र केही घाइते भएको जानकारी दिएका छन् ।
प्रहरीले उक्त गोलीकाण्ड हुनुको मुख्य कारणको अनुसन्धान शुरु गरेको जनाएको छ । ती महिला आफैले आत्महत्या गरेकाले जवाफमा गोली नचलाएको प्रहरीले स्पष्ट पारेको छ ।
विगत दुई दिनभित्रै संयुक्तराज्य अमेरिकामा भएको यो तेस्रो ठूलो गोलीकाण्ड हो । बुधबार पनि विस्कन्सिन राज्यमा अन्धाधुन्ध गोली चलाउँद तीन जना गम्भीर घाइते भएका थिए । यसैगरी पेन्सिलभेनियामा एक व्यक्तिले चलाएको गोली लागेर एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका थिए



