Logo

फेरि विप्लवका दुई नेता पक्राउ


सिरहाको धनगढीमाई नगरपालिका १२ गडम्मेबाट बिहीबार नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व (नेकपा) का दुई जना अञ्चल ब्यूरो स्तरका नेता सुतली बम र खुकुरीसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ताप्लेजुङ खप्तालुङ् २ घर भएका यम लिम्बु र सिन्धुली हरिपुर २ घर भएका आकाश राई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार लिम्बु नेकपाको मेची

अञ्चल ब्यूरो र राई जनकपुर अञ्चल ब्यूरो सदस्य तथा सिरहा सप्तरी जिल्ला इञ्चार्ज रहेका छन् । साथै विप्लवका कार्यकर्ताको साथबाट सात वटा झोलासहित पर्चा, पम्प्लेट, पुस्तकहरु बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले दुई जना विरुद्ध मुद्दा चलाउने तयारी अनुरुप थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्