Logo

पहिलो हाफमै नेपाललाई १० गोल


काठमाडौं । एएफसी यू-१६ महिला च्याम्पियनसिप छनोटमा नेपालले म्यानमारसँग पहिलो हाफमै १० गोल खाएको छ । हलचोकस्थित एपीएफको खेल मैदानमा पहिले हाफसम्म नेपालले खराब प्रदर्शन गर्दै एकपछि अर्को गोल खाएको हो ।

नेपालले म्यानमारविरुद्ध कुनै उत्कृष्ट प्रदर्शन गर्न सकेन । खेलको चौथो मिनेटमा नै नेपालले गोल खान पुगेको थियो । पाचौ मिनेटमा अर्को गोल खाएको नेपालले छैटौ मिनेटमा तेस्रो गोल खान पुगेको थियो ।

नेपाली खेलाडीमाथि हावी भएका म्यानमारका खेलाडीले एकपछि अर्को आक्रमक खेल खेल्दै गोलको वर्षा नै गर्यो । म्यानमारले खेलको १०औं, १७औं र २०औं मिनेटमा गोल गर्दै ६-० गोलको अग्रता बनाएको थियो । खेलको २८औं, २९औं, ३२औं र ३७औं मिनेटमा नेपालले गोल खादै १०(० गोलको भारी अन्तरले पछि परेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्