Logo

गायक तथा संगितकार दिपेश अब मोडलिङ तिर पनि


मान्सुङ चाम्लिङ

संगित क्षेत्रको उर्वरभूमी खोटाङ जिल्लामा हररात दुईगुणा दिनसाँझ चारगुणा नयाँ नयाँ युवा कलाकारहरु उडाउँदै अगाडी बढीरहेका छन् । दुई दर्जन बढी गीतहरुमा संगित दिइसक्नु भएका दिपेश राई आप्mनै स्वर तथा संगितमा आधुनिक तथा अन्य गीतहरुमा स्वर पस्किसकेका छन् । शालिन स्वभावका दिपेश पारिवारीक पृष्ठभूमी ब्रिटिश परिवार भएता पनि विदेशीनु भन्दा आफ्नै देशमा कलाकारको रुपमा स्थापित भएर राष्ट्र सेवक बन्न मनपराउनु हुन्छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथ पाएका दिपेश कला र साधनमा भिज्न थाले पश्चात गाँस समेत बिर्सन्छन् । नेपाली तथा चाम्लिङ भाषाका गीतहरुमा संगित भरिसकेका दिपेश अन्यभाषाका गीतहरुमा समेत संगीत सृजनाको तयारीमा छन् । आफ्नो युवा उमेर कला र साधनमा खर्चिएरहेको अवस्थामा रचनाकार, संगीतकार, गायककार साथै अब मोडलिङतिर लम्किरहेका छन् ।

संगित कला क्षेत्रको यतिका धेरै विधाहरुमा सँगसँगै हात हालेर अगाडी बढ्दा समय व्यवस्थापन गर्न निकै चुनौती हुन थालेको बताउँछन् । भर्खरै रिलिज भएको युवा गायक नरेन्द्र राईको अजम्बरी तिम्रो मायाको एल्बममा रहेको कति सङ्ली गीतको म्युजिक भिडियोमा दिपेशले मनिशा राईका साथ अभिनय गरेका छन् । उक्त भिडियोको छायांकन रुपेश चालिसले तथा निर्देशन देव पुनले गरेका छन् । संगीत क्षेत्रको चारवटा विधाहरु मध्ये एकैपल्ट एकैसाथ अगाडी बढ्न सफल दिपेश आत्मविश्वासका साथ सबै विधामा बराबर सफल हुने प्रतिज्ञा गछ्र्रन ।

मानव समूदाय बच्चा, युवा, वृद्धा जुनसुकै अवस्थाका हुन उनीहरु संगीतवीनाको जीवन कल्पना समेत गर्न सक्दैनन् । यती मात्र होइन राजनीति, शिक्षा, व्यवसाय, चिकित्सा, विद्यार्थी, समाज जुनसुकै क्षेत्रहोस उनीहरु पनि संगीतको साथले आफ्नो लक्ष्य पुरा गर्न सफल भएका हुन्छ्न । चाहे हाँसोमा होस वा आपतमा संगीतले मानव जीवनलाई खुशीको बहार छाइदिने गर्दछ । आपतमा आफ्नो समस्या भुलाईदिने अनि हाँसोमा अझ खुशी थपिदिने संगीत आफैमा जीवनको अतुल्य सम्पति हो ।

यही मानव जीवन अपरिहार्य संगीतको साधनमा मार्फत आफुले कला सृजना गरेर श्रोतालाई मत्रमुग्ध बनाउन गरिरहेको हरदम प्रयास सफल रहोस । नेपाली मात्र होइन सबै मानव समूदायहरुको मन, कला र संगीतले जित्न सकुन दिपेशजीलाई अग्रिम बधाई तथा शुभकामना छ ।

 

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्