Logo

अमेरिकाले चीनमाथि प्रतिबन्ध लगायो


काठमाडौं । रुससँग लडाकु विमान र जमिनबाट आकाशमा मार हान्ने क्षेप्यास्त्र खरिद गरेपछि अमेरिकाले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको छ ।
मस्कोमाथि लगाएको प्रतिबन्धको उल्लंघन भएको जनाउँदै अमेरिकाले चीनमाथि पनि प्रतिबन्ध लगाएको हो । चीनले हालसालै रुससँग १० वटा सुकोइ एसयु(३५ लडाकु विमान र एस(४०० क्षेप्यास्त्रहरु खरिद गरेको थियो ।
अमेरिका र उसका पश्चिमा सहयोगीहरुले २०१४ मा लगाएको प्रतिबन्धमा बेइजिङ संलग्न थिएन ।
पछिल्लो समयमा व्यापार युद्धको कारण अमेरिका र चीनको सम्बन्ध बिग्रिएको छ । त्यही बेला चीनले रुससँग लडाकू विमान किनेपछि हृवाइट हाउसले चिनियाँ सेनामाथि प्रतिबन्ध लगाएको हो । यसले थप तनाव बढाउने देखिन्छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्