जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संशोधन विना संविधान स्वीकार्य हुन नसक्ने बताएका छन् । सप्तरीको कञ्चनरुप नगरपालिकामा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राउतले सो कुरा बताएका हुन् ।
‘संविधान संशोधनको लागि संघर्ष जारी छ ।
सबैले आ-आफ्नो ठाउँबाट संघर्षलाई अगाडि बढाउनुपर्छ । संघर्ष विना अधिकार सुनिश्चित हुन सक्दैन,’ उनले भने, ‘अधिकारको लागि संघर्षलाई निरन्तरता दिनुपर्छ ।’
“मुन्धुम भनेको ‘दर्शन’ हो भने स्टार भनेको ‘बिचार’ हो । हामी सूचना, समाचार, विश्लेषण, विज्ञापन र विविध पक्षमा यहाँहरुसँग सहकार्य गर्न ईच्छुक छौं ।
