Logo

अश्लिल सामग्री ब्लक गरिने


काठमाडौं । सरकारले पोर्न साइटमाथि प्रतिवन्ध लगाउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई इन्टरनेटका माध्यमबाट योनजन्य अश्लिल सामग्रीको पहुँचमाथि प्रतविन्ध लगाउन निर्देशन दिएको छ ।

मुलुकी अपराध संहिता २०७४को दफा १२१ तथा अन्य प्रचलित कानुनले यौनजन्य अश्लिल सामग्रीहरुको आदान प्रदान, प्रकाशन तथा प्रशारणलाई बन्देज लगाएको बताउँदै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

यस्ता अश्लिल सामग्रीको इन्टरनेटका माध्यमबाट आदान प्दमान, प्रकाशन, प्रसारण नगर्न दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक, सामाजिक सञ्जानल सञ्चालक तथा प्रयोगकर्तामा अपील गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्