Logo

खुर्सिद हत्या छानविन गर्न समिति गठन


काडमाडौं– गृह मन्त्रालयले खुर्सिद आलमको हत्याको छानवीन गर्न बरिष्ठ प्रहरी उपरीक्षक ९एसएसपी० को नेतृत्वमा छानविन समिति गठन गरेको छ ।
समितिलाई १५ दिनभित्र घटनाको छानविन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । त्यस्तै गृहमन्त्रालयले खुर्सिदको परिवारलाई काठमाडौँमा गृहमन्त्रीसँग उपयुक्त समयमा भेटघाट गराउन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । साथै गृहमन्त्रालयले घटनाको छानविन गर्न सिआइवीका २ टोली समेत खटाएको जनाएको छ ।
खुर्सिदको बिहीबार अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उनी तत्कालिन नेकपा एमाले सुनसरी जिल्ला सल्लाहकार परिषदका सदस्य तथा रैयाव बोर्डिङ स्कुलका सञ्चालक रहेका थिए ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्