Logo

नायक अनमोल केसीकी आमाले खोजिन् दोस्रो पति


काठमाण्डु, २९ भदौ – अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन (केसी)ले एक अस्ट्रेलियन नागरिकसँग इन्गेजमेन्ट गरेकी छन् ।

चलचित्र निर्मात्री एवं अभिनेत्री समेत रहेकी सुस्मिताले यही भदौ २४ गते (९ सेप्टेम्बर) सिंगापुरमा भारतीय मूलका अस्ट्रेलियन नागरिक किलन स्वामीसँग इन्गेजमेन्ट गरेकी हुन् ।

भुवन केसीसँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी उनले छोरा अनमोल केसीकै सहमतिमा इन्गेजमेन्ट गरेको बुझिएको छ । अनमोल पछिल्लो पुस्ताका चर्चित नायक हुन् ।

सुस्मिताको बिहे भने सन् २०१९ को भ्यालेन्टाइन डेको अवसरमा फिजीमा हुने उनी निकट स्रोतले जानकारी दिएको छ ।

फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाका के. ग्यासका धनाढ्य व्यापारी हुन् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्