याङजोम शेर्पा प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषणका लागि छनोट
तेह्रथुम, ४ असोज । चर्चित उद्घोषिका तथा समाजसेवी याङजोम शेर्पा प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषणका लागि छनोट हुनुभएको छ ।
लोकप्रिय उद्घोषमा ख्यातिप्राप्त हुदै समाजसेवीमा क्रियाशील याङजोम संबिधान दिवसको उपलक्ष्यमा राष्ट्रपति बिध्यादेबी भण्डारीबाट प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभूषणका लागि छनोट हुनुभएको हो ।
ताप्लेजुमा जन्मिएर तेह्रथुमको आठराईमा हुर्किएकी चर्चित कार्यक्रम उद्घोषिका तथा समाजसेवी याङजोमले ताप्लेजुङको घुन्सामा घुन्सा स्वास्थ्य चौकी भवन निर्माण समेत गर्दै हुनुहुन्छ ।
स्वास्थ्य सेवाको अभावमा आफ्नी आमाले बच्चा जन्माउन नसकेर मृत्यु वरण हुनुपरेको घटना जस्तै अरु धेरै आमाहरुले अकालमै ज्यान गुमाउन नपरोस् र आफु जस्तै अरु टुहुरो हुन नपरोस् भनेर याङजोमले ताप्लेजुङको दुर्गम गाउँमा स्वास्थ्य चौकी बनाउनु भएको हो ।
तेह्रथुमको संक्रान्तिबजारमा रहेको त्रिमहोन माद्यामिक विद्यालयबाट माद्यामिक तहको शिक्षा हासिल गरि काठमाडौंमा उच्च शिक्षाका लागि जानुभएको याङजोम उद्घोषण पेसा अंगाल्दै समाजसेवामा सकृय हुनुहुन्छ ।