Logo

हेर्नुहोस् यस्तो देखियो नयाँ बानेश्वर र महाराजगञ्जमा अन्डरपास


काठमाडौ । सडक विभागले काठमाडौंको नयाँ बानेश्वर र महाराजगञ्जमा बन्ने अन्डरपासको डिजाइन बनाउन ६ वटा कम्पनी सक्षम भेटिएको छ । अन्डरपासको डिजाइन बनाउनका लागि चीनको बेइजिङ चाइना हाइवे इन्जिनियरिङ एण्ड कन्सल्टिङ तथा नेपाली कम्पनीहरु विल्डिङ डिजाइन अथोरिटी र विएन कन्सल्टेन्सी कम्पनी सक्षम देखिएका छन् । यस्तै नेपाली कम्पनीहरु सिभिल इफरमेटिक्स एण्ड सलुसन, जीइओसी कन्सल्टेन्स–जेभी बिम कन्सल्टेन्ट, जीओसी–जीआइडीए–एपेक्स जेभी, आइटीइसीओ नेपाल जेभी सिएआरडी कन्सल्ट एण्ड होमल्याण्ड इन्जिनियरिङ कन्सल्टेन्सी, टीएसइ जेभी जिओकम इन्टरनेसनल एण्ड सिभिल इन्जिनियरिङ रिसर्च एण्ड कन्सल्टेन्सी पनि सक्षम देखिएका हुन् ।

 

अन्डरपासको डिजाइन बनाउन इच्छा देखाएका १३ कम्पनीमध्येमा ६ वटा कम्पनी सक्षम देखिएको सडक विभाग अन्तरगतको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर प्रभात कुमार झाले जानकारी दिएका छन् । महाशाखाले २०७४ पुसमा नयाँबानेश्वर र महाराजगञ्जमा अन्डरपास बनाउन इच्छुक कम्पनीको बारेमा जानकारी लिनका लागि एक्प्रेसन अफ इन्ट्रेस्स ९इओआइ० आव्हान गरेको थियो । अन्डरपासको डिजाइन बनाउनका लागि १३ वटा कम्पनीले इच्छा देखाएका थिए ।

बिजुली बजारको धोवीखोला पुलदेखि बागमती पुलसम्मको साढे १ किलोमिटर र धुम्बाराही चोकदेखि बसुन्धारा चोकसम्म आधा किलोमिटर सडकमा अन्डरपास बनाउन लागिएको हो ।बागमती पुलदेखि बिजुली बजारतर्फ जाने गाडी अन्डरपास हुँदै जाने छन् । शंखमूल वा पूरानो बानेश्वरतर्फ जाने सवारी साधनहरु अन्डरपास माथि गड्ने छन् । यसरी गाडी गुडाउँदा बानेश्वर चोकमा हालको जस्तो अव्यवस्थित जाम नहुने महाशाखाको अपेक्षा छ । यस्तै धुम्बाराही चोकबाट बसुन्धारा चोक जाने गाडी अन्डरपास भएर गुड्ने छन् । महाराजगञ्ज वा बूढानीलकण्ठ तर्फ जाने गाडी अन्डरपास माथि गुड्ने छन् ।शंखमूल चोकबाट पुरानो बानेश्वर र महाराजगञ्ज चोकबाट बुढानिकण्ठतर्फ जाने सवारी साधनका लागि अन्डरपासको माथि आकाशे पुल निर्माण गरिनेछ । ती सवारी साधनहरु अन्डरपास माथि निर्माण हुने आकाशे पुल भएर गुड्ने छन् ।

अन्डरपासभित्र एक्जिट वे (बाहिर निस्किने बाटो) हुने छैन । एकपटक अन्डरपासभित्र गाडी छिरेपछि अन्डरपासको अन्तिम विन्दुमा पुगेर मात्र बाहिर निस्किन पाउछन् । अन्डरपासभित्र प्रवेश गर्नु अघि नै सवारी साधनहरुले आफ्नो गन्तव्य तय गर्नुपर्ने हुन्छ ।खासमा महाशाखाले नयाँ बानेश्वर र महाराजगञ्जमा बढ्दै गएको सवारी जामलाई न्युनिकरण गर्ने विकल्प स्वरुप अन्डरपास बनाउन खोजेको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्