Logo

यातायात चालक गाडी चलाउन सहमत : एकाबिहानै देखि गुड्न थाले


मुलुकी संहितामा सवारी चालकका लागि ल्याइएको प्रावधानको विरोध गर्दै आन्दोलनरत् सवारी चालक मजदुर र प्रशासनबीच आज सहमतिपछि यातायात सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा यातायात व्यवसायी र मजदुर सङ्गठनका प्रतिनिधिबीच भएको वार्तामा सवारी साधन र चालकको सुरक्षा प्रशासनले गर्ने गरी गाडी सञ्चालन गर्ने सहमतिपछि सवारी साधन चल्न थालेका छन् ।

चालकहरुले सरकारले कानूनमा चालकहरुलाई जन्मकैदको अवधि धेरै बनाएको विरोधमा गाडी थन्क्याएर आन्दोलन गरेका थिए ।

गाडी नचल्दा यात्रु मर्कामा परेकाले आजैदेखि गाडी सञ्चालन गर्ने सहमति भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनुभयो ।

सवारी साधनको नम्बर र चालकको नामावली प्रशासनमा बुझाउने तथा गाडी चलाउन आनाकानी गर्ने व्यवसायी र मजदुरको अनुमतिपत्र १५ दिनसम्म निलम्बन गर्ने समेत सहमति भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।

यता सवारी चालक मजदुरहरुको आन्दोलनका कारण रुपन्देहीलगायतका जिल्लाहरुमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । तीन दिनदेखि चालकहरु आन्दोलनमा उत्रिएपछि रुपन्देहीसहित विभिन्न जिल्लामा पेट्रोलियम पदार्थको अभाव भएको छ ।

पेट्रोलियम पदार्थको अभाव शुरु भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा आज ट्याङ्कर चालक, व्यवसायी र पेट्रोलियम व्यवसायीको बैठक बसेको थियो ।

बैठकमा ट्याङ्कर चालहरुले अत्यावश्यकीय वस्तु पेट्रोलियम पदार्थको ढुवानी नरोक्ने प्रतिबद्धता जनाएका छन् ।

पश्चिामाञ्चल पेट्रोलियम डिलर्स एशोसिएशनका कार्यबाहक अध्यक्ष हिमाल गैरेले रुपन्देहीसहित यस क्षेत्रका अन्य जिल्लामा डिजेलको समस्या नभएको तर पेट्रोलको समस्या आजको सहमति कार्यान्वयन भएमा शुक्रबारदेखि सहज हुने बताउनुभयो । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्