कुमार प्रयासको स्वर र गौरब राईको संगीतमा बनेको ‘प्रवेश निषेध’ यूट्युमार्फत सार्वजनिक (भिडियोसहित)
गायक कुमार प्रयासको स्वर तथा संगीतकार गौरब राईको संगीत संयोजनमा बनेको प्रवेश निषेध बोलको आधुनिक गीत यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रहेको उक्त गीतको भिडियो गाउँले इन्टरटेनमेन्ट यूट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको हो ।
यस गीतका संगीतकार गौरब राई नेपाली संगीत आकाशमा उदियमान प्रतिभा हुन् । उनले विगत लामो समयदेखि सोलुखुम्बु जिल्ला स्तरीय रुपमा आयोजना हुने अधिकांश सांगीतिक कार्यक्रमहरुमा प्रमुख जर्जको भूमिका निर्वाह गर्दै आएका छन् ।
मञ्जुश्री स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतको एरेञ्ज गोपाल रसाइलीले गरेका हुन् भने प्रकाश खरेलको मिक्सिङ रहेको छ । यस गीतको भिडियो सम्बन्धि सबै काम भने गाउँले इन्टरटेनमेन्टले गरेको हो । भिडियोको लागि क्यामेरा र सम्पादनको काम गंगाराम राईले गरेका हुन् ।
प्रवेश निषेध बोलको गीत निकट भविष्यमै आउन लागेको गायक कुमार प्रयासको सोलो एल्बममा पनि समेटिने जानकारी शिखरपोष्टलाई प्राप्त भएको छ ।