Logo

ओली आएपछि सातौँ पटक बढ्यो पेट्रोलियम पर्दाथको मूल्य, लुटतन्त्रको झल्को


काठमाडौ । राज्यमा जनताको स्तर हेरेर मुल्य कायम गर्ने अन्र्तराष्ट्रिय मान्यता छ । तर नेपाल जनताको ठूलो बलिदानीबाट आएको सत्ता परिवर्तनले खासै जनसरकारको स्वाद दिन सकेन । जननिर्वाचित सरकार आएको ७ महिनामा सातौ पटक पेट्रोलियम पर्दाथको मूल्य बढ्दा समेत सरकारलाई भने यो विषय थाहै नभएको जस्तो गर्दछ । नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको जननिर्वाचित नयाँ सरकार बनेको जम्मा ७ महिनापनि वितेको छैन ।

यही समयअबधिमा पेट्रोलियम पर्दाथको मूल्य सातौ पटक बढेको छ । एक लिटर पेट्रोलमा सात महिनामा २८ रुपैयाँ मुल्य बढेको छ । के नेपाली जनताले यो धान्न सक्लान् ? अब सबैले यो प्रश्न गर्न जरुरी छ । भारतमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य अहिलेसम्मकै उच्च भएको भन्दै आन्दोलन भइरहेका बेला नेपालमापनि इन्धनको उच्च मुल्य बृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले सोमबार रातीदेखि लागु हुने गरि पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य लिटरमा २ रुपैयाँ र ३ रुपैयाँ बढाएको हो।

यो मूल्य बढेपछि पेट्रोल १ सय १४ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ। इण्डियन आयल कर्पोरेशन (आइओसी) ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो । आइओसीले पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ पेट्रोलमा ४ रुपैयाँ ४४ पैसा र डिजलमा ५ रुपैयाँ १२ पैसा नोक्सानी थियो।

निगमका अनुसार मूल्य बढाएपछि पनि निगमको नोक्सानी ५० करोड रुपैयाँको हाराहारीमा छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य र डलरको भाउ बढेकोले मूल्य आकासिएको हो।निगमका अनुसार अहिले भने भारतमा भन्दा नेपालमा डिजल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ । नेपालमा सस्तो भएकाले नेपालबाट भारततर्फ तेलको अवैध रुपमा निकासी भइरहेको छ। भारतबाट किनेर ल्याएको तेल पेट्रोल पम्प मार्फत नै भारत बिक्री भइरहेको थियो।

ओली सत्तामा आएपछि यो सातौ पटक पेट्रोलियम पर्दाथको मूल्य बढेको हो । यसअघि १० दिन अघि मात्र पेट्रोलियम पर्दाथको मूल्य बढेको थियो । केपी शर्मा ओली सरकारमा आएपछि सातौ पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो। भदौ २२ गते मात्र पनि मुल्य बढेको थियो । त्यो बेला मूल्य बढेपछि पेट्रोल १ सय १२ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य ९८ रुपैयाँ पुगेको थियो । त्यसअघि भदौको ३ गते निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढायो ।

पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुग्यो भने डिजेल र मट्टतिेलको मूल्य २–२ रुपैयाँले बढ्दा ९५ रुपैयाँ पुगेको थियो । भारतीय आयल कर्पोरेशन (आईओसी)ले नयाँ मूल्यसूची पठाएको आधारमा इन्धनको मूल्य बृद्धि गरिएको छ । पछिल्लोपटक वैशाख ११ गते मूल्य बढेको थियो भने वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रति लिटर मूल्य बढाइएको थियो। ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रति लिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो। त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन (प्रति लिटर ८५ रुपैयाँ थियो)। यसलाई यति सेयर गरौँ की जनताको दवावमा मुल्य बृद्धि फिर्ता लिने सन्र्दभमा ओली सरकारले घुँडा टेकोस् ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्