डुंगा दुर्घटना हुँदा ४३ जनाको मृत्यु, २ सय भन्दा बढी डुबे
काठमाठौँ । तान्जानियाको भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ जनाको मृत्यु भएको छ ।
अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार दुर्घटनामा २ सय भन्दा बढी व्यक्ति डुबेको आशंका गरिएको छ । सय जनाको जीवितै उद्धार गरिएको छ । तीमध्ये ३२ जनाको अवस्था चिन्ताजनक छ ।
समाचारहरुका अनुसार डुंगामा चारसय यात्रु सवार रहेको बताइएको छ । घटनामा कति व्यक्तिको हताहति भयो भन्नेबारे यकिन जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।
एमबी न्येरेरे नाम दिइएको उक्त डुंगा उकोरा र बगोलोरा द्वीप नजिकै दुर्घटनामा परेको हो । डुंगामा क्षमताभन्दा बढी यात्रु रहेको र तिनीहरु एकै दिशामा ढल्कँदा दुर्घटना भएको जनाइएको छ । उद्धार कार्य हालका लागि स्थगित गरिएको छ ।
सन् १९९६ मा भिक्टोरिया तालमा डुंगा दुर्घटना हुँदा ८ सय व्यक्तिको मृत्यु भएको थियो । यसलाई पछिल्लो शताब्दीको सबैभन्दा खराब डुंगा दुर्घटनाको संज्ञा दिइने गरिन्छ ।