Logo

चेल्सीको जितमा विलियन नायक, आर्सनलको विजयी सुरुवात


जेन्सी । इन्ग्लिश क्लब चेल्सीले युरोपा लिग फुटबलको समूह चरणमा विजयी सुरुवात गरेको छ ।

बिहिबार राति भएको समूह चरणको पहिलो खेलमा चेल्सीले ग्रिसको पिएओकेलाई १ – ० ले हराएको हो  ।

पिएओकेको मैदानमा भएको खेलमा चेल्सीलाई साँघुरो जित दिलाउन विलियन नायक बने । पहिलो हाफको सातौं मिनेटमा विलियनले गोल गर्दै चेल्सीलाई जित दिलाए ।

यो जितसंगै समूह ‘एल’ मा रहेको चेल्सीले महत्वपूर्ण ३ अंक जोडेको छ । पिएओके अंकबिहिन रहेको छ ।

यसै समूहको अर्को खेलमा बेलारुसको बाटे बेरिसोभले हंगेरीको मोल भिडी एफसीलाई २ – ० ले हराएको छ । जितसंगै यस समूहमा बाटे शीर्ष स्थानमा छ । बाटे गोल अन्तरमा चेल्सीभन्दा अघि रहेको छ ।

आर्सनलको विजयी सुरुवात

इन्ग्लिश क्लब आर्सनलले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहिबार राति भएको समूह चरणको पहिलो खेलमा आर्सनले युक्रेनको भोर्स्क्ला एफसी लाई ४ – २ ले हरायो ।

३२ औ मिनेटमा आबुमियाङको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो । ड्यानी वेलबेकले ४८ औ मिनेटमा लण्डन क्लबको अग्रता दोब्बर पारे । आबुमियाङले ५६ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

७४ औ मिनेटमा मेसुट ओजिलले आर्सनललाई ४–० को स्थितीमा पु¥याएका थिए । ७६ औ मिनेटमा पोल्टाभाका चेस्नाभोले एक गोल फर्काए । दोस्रो हाफको इन्जुरी समयमा भिएचास्लाभ सार्परले गोल गर्दै हार अन्तर ४–२ मा झारेका थिए ।

जितसंगै समूह ‘ई’ को आर्सनलले ३ अंक जोडेको छ 

यसै समूहमा रहेको अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २ – ० ले हराएको छ । 

सेभियाको सहज जित, भिया रियलको बराबरी

। स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

बिहिबार राति भएको समूह चरणको खेलमा सेभियाले बेल्जियमको स्टानडर्ट लिगलाई ५ – १ ले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा सेभियाका लागि इभर बनेगा र विसम बेन एड्डेरले समान २/२ गोल गरे ।

यस्तै फ्रान्को भाज्क्वेजले एक गोल गरे । स्टानडर्टका मौसा डेज्नेपोले एक गोल फर्काए ।

जितसंगै समूह ‘जे’ को सेभियाले ३ अंक जोडेको छ ।

युरोपा लिग अन्तर्गत नै अर्को स्पेनिस क्लब भिया रियल भने बराबरीमा रोकिएको छ ।

भिया रियल घरेलु मैदानमा स्कटल्याण्डको रेन्जेर्ससंग २ – २ को बराबरीमा रोकिएको हो ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्