पत्ताले बजारका मनोरम दृश्यहरु
- सुवास मगर
पत्ताले बजार समुद्री सतहदेखि २८४० मि. को उचाइमा छ । यो सोलुखुम्बु जिल्लाको करुङ गाविसमा पर्दछ । यहाँबाट ८ हजारभन्दा अग्ला सगरमाथा, मकालु, नुम्बुरुलगायत १४ वटा भन्दा बढी हिमाल देख्न सकिन्छ । मगर, शेर्पा, तामाङ, नेवार र राइहरुको वसोवास रहेको यहाँ प्रत्येक शुक्रबार बजार लाग्दछ । यहाँ केही लोकल होटलहरु छन् । भने केही संख्यामा टुरिस्ट होटल निर्माण गरिएको छ । साथै भ्यु टावरपनि निर्माणाधिन छ । सूर्योदयसँगै छाटो र छिटो दृश्यवलोकन गर्न सकिने यो ठाउँबाट सगरमाथा, मकालु, लोत्से, नुम्बुरु, कार्यलुङ, चोलाच्छे, ताबोचे, पुमोरी, खुम्बुचे, थामसेर्कु, गौरीशंकर र मेरापिकलगायत अन्य पिकहरुको सजिलै दृश्यलोकन गर्न सकिन्छ । त्यसैले पनि विशेषगरी यहाँ असोज र कार्तिकमा पर्यटकको आगमन हुन्छ ।
यहाँका धार्मिक स्थलहरु चागेथान, थुप्तेन छोलीङ गुम्बा, चिवाङ गुम्बा, दुधकुण्ड र ज्यालामाई मन्दिर रहेका छन् । मुख्य परिकार रिल्दुक(आलुबाट बनेको) हो । यहाँका हिन्दु र बुद्धिष्ट धर्मावलम्बीहरुले दशै, तिहार र ल्होसार मनाउँछन् । यदि सरकारले पर्यटन प्रवद्धनमा सहयोग गरे सगरमाथाको द्धारको रुपमा यसलाई विकास गर्न सकिने स्थानीयहरु बताउँछन् । पत्ताले सेरोफेरोका दृश्यहरु :
- पत्ताले बजारको प्रवेशद्धार
- पत्ताले बजार
- अतिथिको स्वागत गर्दै स्थानीय बालबालिका
- पत्ताले बाजारबाट सुर्योदयको दृश्यवलोकन गर्दा
- हिउँ परेपछि पत्ताले बजारको दृश्य
- हिउँमा रमाउदै
- हिउँबाटोको यात्रा
- सल्लाको बोट अनि दृश्य