आधारहिन र कपोकल्पित समाचारको घोर भत्सर्ना गर्छौ– माप्य दुधकोशी गाउँपालिका
सोलुखुम्बु । यहाँस्थित माप्य दुधकोशी गाउँपालिकाले कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गरेको छ । केही दिनअघि कान्तिपुर दैनिकले आर्थिक अनियमितताबारे प्रकाशन गरेको नकारात्मक समाचारको गाउँपालिकाले खण्डन गरेको हो । समाचार ‛गाउँपालिकाका अध्यक्षको अनियमितता विवाद’ शिर्षकमा प्रकाशन गरिएको थियो । जहाँ गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राइले अख्तियार दुरुपयोग गरेको र अदालतसम्म मुद्धा परेको उल्लेख गरिएको थियो ।
यसरी गाउँपालिकाबारे कपोकल्पित र आधारहिन समाचार प्रकाशित गरेको भन्दै माप्य गाउँपालिकाले सदरमुकाम सल्लेरीमा आज पत्रकार सम्मेलन गरेको छ । सम्पन्न उक्त सम्मेलनमार्फत गाउँपालिकाका प्रवक्ता तथा वडा ५ का अध्यक्ष निमराज तामाङले एक विज्ञप्ती समेत जारी गरेका छन् ।
जारी विज्ञप्तिमा सामाजिक सञ्जाल र मिडियामा प्रकाशित आर्थिक अनियमितताको समाचारहरु आधारहिन र कपोकल्पित भएको बताइएको छ । साथै विकास विरोधीले गरेको प्रचारबाजीमात्रै भएको समेत स्पष्ट पारिएको छ । जनप्रतिनिधि र कर्मचारीहरुमाथि आँच पुर्याउने गरी दुष्प्रचार गरिएकाले प्रकाशित समाचारको घोर भत्सर्ना गरेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ,
- ‘हुँदै नभएको तथ्यहिन विषयलाई जबरजस्ती बंग्याई दिनरात जनसेवामा क्रियाशिल जनप्रतिनिधि र कर्मचारीलाई अनावश्यक रुपमा दुख दिने, जनतालाई भ्रममा पारी आफ्नो निहित स्वार्थ पूरा गर्न उद्दत, परिवर्तन र विकास विरोधी गिरोह, आधारहिन विषयमा सामाजिक सञ्जालमा अनावश्यक भ्रम फैलाउने, सत्यतथ्य खोजी विना समाचार लेख्नेसमेतलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवाला निकायसँग हार्दिक अपिल गर्दछौं’
- ‛गाउँपालिका र वडा स्तरमा सञ्चालित सबै योजनाको भुक्तानी वडा कार्यलयको फरफारक सिफारिस, वडा र पालिका स्तरीय योजना अनुगमन तथा सहजीकरण समितिको अनुगमन, प्रविधिको कार्यसम्पन्न प्रतिवेदन, उपभोक्तासमितिबाट पेस भएको विल, भर्पाइलगायत कागजात संलग्न राखी सिधै उपभोक्ता समितिको बैंक खातामार्फत रकम भुक्तान गरिएको छ ।’
- ‛त्यस्तै स्वीकृत कार्यक्रमअनुसार मालसामान, सार्वजनिक निर्माण र परामर्श सेवा खरिद गरेको कम्पनी र आपूर्तिकर्तालाई पनि सिधै बैंकमार्फत नै भुक्तान गरिएको छ । त्यसैगरी फर्निचर र फिक्चर तथा प्राविधिक ईन्जिनियरिङ उपकरण खरिदमा कुनै अनियमितता भएको छैन।’
- ‛गाउँ सभाद्धारा विनियोजन भएबमोजिम सबै रकम खर्च भएको छ ‘शिर्षकलगायत अन्य चालुतर्फ छुट्याइएको रकम पुरै खर्चबाट बचत भएको करिब ७० लाख रुपैयाँभन्दा बढि बचत रकम गाउँपालिकाको सञ्चित कोषमा रहेकोसमेत स्पष्ट पार्न चाहान्छौं ।’
- ‛वडा नम्बर ७ जाने सडकको ट्रयाक कताबाट खोल्ने भन्ने विषयमा स्थानीयहरुबीच समझदारी हुन नसक्दा सामान्य विवाद भएपनि उक्त विषयमा समेत जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी र अन्य सरोकारवालाहरुद्धारा २०७५ साल बैशाख ५ गते नै विवाद समाधान गरी योजनासमेत सफल रुपमा सम्न्न भइसकेको स्पष्ट पार्न चाहान्छौं ।’
- ‛यसरी समाधान भइसकेको विषयमा समेत भ्रम छर्न विवादित नै छ भनेर प्रचार गर्नु सान्दर्भिक र औचित्यपूर्ण देखिदैन ।’
- गाउँपालिकाको सबै निर्णय तथा योजना कार्यान्वयन प्रचलित कानुनबमोजिम गरिएको छ ।
- जारी गरिएको विज्ञप्ति :